सुदूरपश्चिममा विकासको ठूलो फड्को! चिसापानी–गड्डाचौकी राजमार्ग छ लेनमा विस्तार गरिने

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्डलाई छ लेनको बनाउने योजना अघि बढेको बताएकी छिन्। उनका अनुसार यसका लागि प्रारम्भिक सर्वेक्षण कार्य भइरहेको छ र छिट्टै निर्माण थालिनेछ।
कैलालीको लम्कीचुहा नगरपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री राणाले सुदूरपश्चिमका मुख्यमन्त्रीसहित विभिन्न तहका सरकारी निकायहरू परियोजनामा लागिपरेको जानकारी दिइन्।
पछिल्ला केही दिनयता उनले नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा भाग लिँदै पुल, विद्यालय भवन तथा अन्य विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गरिरहेकी छिन्।