सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल भारत प्रस्थान, प्रयागराजको कुम्भमेलामा किन ?

न्यायाधीश ढकालको भारत यात्रा : धार्मिक कि व्यक्तिगत ?
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल भारत प्रस्थान गरेका छन्। आज बिहान उनी बुद्ध एअरको उडानमार्फत काठमाडौंबाट बनारस पुगेको स्रोतले जनाएको छ।
१२ वर्षमा एक पटक हुने कुम्भमेलामा सहभागीता
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी १२ वर्षे कुम्भमेलामा सहभागी हुन ढकाल बनारस गएका हुन्। कुम्भमेलालाई विश्वकै ठूलो धार्मिक सभाको रूपमा लिइन्छ, जसमा लाखौं भक्तजनको उपस्थिति रहने गर्छ।
व्यक्तिगत यात्रा कि कुनै विशेष निमन्त्रण ?
न्यायाधीश ढकालको यो यात्रा व्यक्तिगत हो कि औपचारिक, भन्ने विषय खुलाइएको छैन। तर, उच्च पदस्थ न्यायाधीशको धार्मिक यात्राले विभिन्न अड्कलबाजी जन्माएको छ
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल