बैजनाथमा खुकुरी हानाहान! दुलही भित्र्याउने बेलामा रक्तपात, एक जनाको मृत्यु!

बाँकेको बैजनाथ गाउँपालिका: बैजनाथ गाउँपालिका–८, पुष्पनगरमा दुलही भित्र्याउने क्रममा दुई समूह बीच खुकुरी हानाहान भएको छ, जसको परिणाम स्वरूप एक जनाको मृत्यु भएको छ। घटनामा घाइते भएका दिनेश रोकाया भारतको लखनउमा उपचारको क्रममा हिजो निधन भएका छन्।
प्रारम्भिक अनुसन्धानका अनुसार, स्थानीय सुवास बूढाको विवाहको दौरान झडप भएको थियो। दुलही भित्र्याउने क्रममा रामबहादुर राना र दिनेश रोकायाका समूह बीच खुकुरी हानाहान भएको हो। यस घटनामा आधा दर्जन व्यक्तिहरू घाइते भएका छन् र उनीहरूको उपचार कोहलपुर मेडिकल कलेजमा जारी छ।
प्रहरीले आधा दर्जन व्यक्तिहरूलाई हिरासतमा लिएको छ, र हिजो अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको जानकारी दिएका छन्।
बाँकेको बैजनाथ गाउँपालिका: बैजनाथ गाउँपालिका–८