समाचार

सिंहदरबारमा अब सेवाग्राहीको लागि सस्तो र सुविधाजनक सटल सेवा! सरकारले ४० लाखको गाडी किन्ने तयारी

सिंहदरबारमा अब सेवाग्राहीको लागि सस्तो र सुविधाजनक सटल सेवा! सरकारले ४० लाखको गाडी किन्ने तयारी

काठमाडौँ, २९ माघसिंहदरबार मा सेवाग्राहीहरूको सुविधा को लागि नयाँ सटल सर्भिस सुरु हुने भएको छ। यसका लागि सरकारले ४० लाख रुपैयाँ खर्च गरेर दुई थान विद्युतीय गाडी किन्ने प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिँदै भने, "सिंहदरबारको मुख्य गेटबाट विभिन्न मन्त्रालयसम्म जाने सेवाग्राहीहरूको लागि सटल सेवा सुरु गर्न लागिएको हो।"

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै क्याटलग सपिङ विधि बाट विद्युतीय सटल गाडी खरिद गर्ने प्रस्ताव आह्वान गरेको छ। गाडीको सिट संख्या भने खुलाइएको छैन।

गृह मन्त्रालयका अधिकारीका अनुसार, सिंहदरबार परिसरको ठूलो क्षेत्रफलका कारण हिँडेर मन्त्रालयसम्म पुग्न गाह्रो हुने समस्यालाई ध्यानमा राख्दै विद्युतीय गाडी खरिद प्रक्रिया सुरु गरिएको हो।

यस सेवाको सुरुआत भएपछि, गेटपास पाएका सेवाग्राहीहरूले निःशुल्क गाडी सुविधा प्राप्त गर्नेछन्।

मन्त्रालयले १० दिन भित्र सिलबन्दी प्रस्ताव दर्ता गर्नका लागि आग्रह गरेको छ।

सिंहदरबार