समाचार

विदेशी पीआर बोकेर राष्ट्रभक्तिको नाटक? आशिका तामाङको दोहोरो चरित्रको पर्दाफास!

विदेशी पीआर बोकेर राष्ट्रभक्तिको नाटक? आशिका तामाङको दोहोरो चरित्रको पर्दाफास!

नेपालको शासकीय प्रणालीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा सक्रिय देखिने आशिका तामाङको व्यक्तिगत जीवन र राष्ट्रप्रेम सम्बन्धी भनाइहरूबीच विरोधाभास देखिएको छ। जर्मनीको स्थायी बसोबास अनुमति (पीआर) लिएकी उनी नेपालका विभिन्न बेथिति उजागर गर्दै चर्चामा आएकी हुन्। प्रहरी अनुसन्धानका क्रममा उनले अघिल्लो वर्ष मात्र जर्मनी गएर आफ्नो पीआर नवीकरण गराएको प्रमाण फेला परेको छ।

व्यक्तिगत पृष्ठभूमि र पारिवारिक अवस्था

धादिङको गजुरी गाउँपालिका–२ मा सन् १९८८ अक्टोबर १७ मा जन्मिएकी ३६ वर्षीया आशिकाको नागरिकता नम्बर ५३८६ रहेको छ। सन् २०१२ मा आफूभन्दा निकै जेठा जर्मन नागरिक थोमस इन्टल्कोफरसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनले दुई सन्तान—आरोन इन्टल्कोफर (जन्म २०१६) र आना इन्टल्कोफर (जन्म २०२१) जन्माइन्। हाल दुबै सन्तान उनीसँगै नेपालमा छन्, तर उनीहरूका सम्पूर्ण खर्च भने जर्मनीमा रहेका पिताले व्यहोर्दै आएको बुझिन्छ।

नेपाल-विदेश आवतजावत र पीआर प्रकरण

सन् २०१४ मा पहिलोपटक जर्मनी गएकी आशिका विवाह भएको दुई वर्षपछि मात्र श्रीमान्को देश पुगेकी थिइन्। त्यसपछिको एक वर्ष नेपालमै बिताएर पुनः जर्मनी फर्किएकी उनी लामो समयसम्म नेपाल फर्किनन्। अचानक सन् २०२२ मा पुनः नेपाल आएपछि सामाजिक सञ्जालमा विभिन्न अनियमितता उजागर गर्ने अभियानमा सक्रिय भइन्।

सन् २०१७ मा जर्मनीको पीआर प्राप्त गरेकी उनले आफ्नो स्थायी बसोबास अनुमतिपत्र ‘७७०१७२ वाईओपीजेट ५५ वाईडब्लुएच’ नम्बरको पीआर लिएको तथ्य फेला परेको छ। उक्त पीआरको म्याद सकिएपछि उनले पुनः नवीकरण गरेकी थिइन्। हाल उनी नेपाली राहदानीमार्फत नै नेपाल-जर्मनी ओहोरदोहोर गरिरहेकी छन्। पासपोर्ट नम्बर पीए १७८८६८४ रहेको उनी सन् २०२४ जुन ६ मा पुरानो पासपोर्टको म्याद सकिएपछि नयाँ पासपोर्ट लिएकी थिइन्, जसको वैधता सन् २०३३ जुलाई ८ सम्म रहनेछ।

सन् २०२३ को अगस्ट २ मा जर्मनी गएकी आशिका सेप्टेम्बर ४ भित्रै नेपाल फर्किएकी थिइन्। पछिल्लो पटक सन् २०२४ डिसेम्बर ३० मा भारत हुँदै नेपाल प्रवेश गरेकी उनले नेपालका विभिन्न अनियमिततामाथि प्रश्न उठाउन थालेकी छिन्।

श्रीमान्को अनुपस्थिति र रहस्यमय गतिविधि

आशिकाको वैवाहिक जीवनबारे चासो राख्नेहरूका लागि रोचक तथ्य के छ भने, विवाह भएको दशक पूरा भइसके पनि उनका श्रीमान् एकपटक पनि नेपाल नआएको देखिन्छ। प्राप्त जानकारीअनुसार, उनी आईटी क्षेत्रमा कार्यरत छन् र नेपाल आउने कुनै तथ्य भेटिएको छैन।

भण्डाफोर अभियान र विवादास्पद छवि

जर्मनीबाट फर्किएपछि युट्युबमार्फत ‘भण्डाफोर’ अभियानमा सक्रिय भएकी आशिकाले काठमाडौंको सांगा पुल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवादित मुद्दाका रूपमा उठाइन्। त्यसपछि मनकामनामा मिनरल वाटर बिक्रीमा भएको अनियमितता, मलेखुमा खाना बिक्री गर्ने व्यवसायीहरूप्रति आक्रोश र सडक किनारमा शौच गर्ने व्यक्तिहरूप्रति असन्तोष व्यक्त गरेपछि उनी थप चर्चामा आइन्।

तर, लामो समय विदेश बसेर नेपाल फर्केकी आशिकामाथि राष्ट्रप्रेमको आवरणमा नेपाललाई बदनाम गर्ने उद्देश्य राखेको आरोप पनि लागेको छ। आलोचकहरूका अनुसार, उनले नेपालको सकारात्मक पक्षभन्दा बढी नकारात्मक कुराहरू मात्रै बाहिर ल्याउने रणनीति अपनाएकी छन्। कतिपयले यो गतिविधिलाई सुनियोजित वा श्रृंखलाबद्ध ढंगको ‘एजेन्डा’ समेत हुनसक्ने आकलन गरेका छन्।

प्रविधिको प्रयोग र सम्भावित जोखिम

अत्याधुनिक प्रविधिको उपयोगमा पोख्त आशिकाले ‘क्यामेरावाला चस्मा’ लगाएर गोप्य रेकर्डिङ गर्ने गरेको खुलासा भएको छ। स्रोतका अनुसार, उनको घरमा दुई वटा कम्प्युटर सधैं अनलाइन रहन्छन्। सुरक्षा निकायले उनी रेकर्ड गरिएका भिडिओ आफ्ना श्रीमान्लाई पठाउने गरेको हुनसक्ने अनुमान गरेका छन्।

नेपालमा लामो समयदेखि विदेशी नागरिकसँग विवाह गरी बसेका केही व्यक्तिहरूका गतिविधि विवादित बन्ने क्रम जारी छ। यसै सन्दर्भमा, पूर्वशिक्षामन्त्रीसमेत रहिसकेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पोलिस नागरिकसँग विवाह गरेपछि मन्त्री निवासमा रहेका कारण आलोचना खेप्नुपरेको दृष्टान्त पनि उल्लेखनीय छ।

नेपालको सार्वजनिक प्रशासन र सामाजिक विषयमाथि आवाज उठाउँदै आएकी आशिका तामाङको राष्ट्रप्रेम कति वास्तविक हो र कति नियोजित? यो प्रश्न आज दिन प्रतिदिन पेचिलो बन्दै गएको छ।

आशिका तामाङ भण्डाफोर अभियान र विवादास्पद छवि