समाचार

डोनाल्ड ट्रम्पको चर्को चेतावनी: ‘युक्रेन कुनै पनि दिन रूसको हुन सक्छ’

डोनाल्ड ट्रम्पको चर्को चेतावनी: ‘युक्रेन कुनै पनि दिन रूसको हुन सक्छ’

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन कुनै पनि दिन रूसको हुन सक्ने बताएका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा अमेरिकाले दिएको कुनै पनि सहयोग फिर्ता लिन हिचकिचाउन नहुने बताए। उनले भने, ‘यदि युक्रेनले अमेरिकी सहयोग चाहन्छ भने उसले अमेरिकालाई ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज दिनुपर्नेछ।’

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई धम्की दिँदै ट्रम्पले आफ्नो नसुले अमेरिकाले युक्रेनलाई थप सहयोग दिन बन्द गर्ने चेतावनी समेत दिए। अमेरिकी सहयोग बिना युक्रेन कमजोर हुने भन्दै उनले त्यसपछि रूसले युक्रेनलाई कुनै पनि समय कब्जा गर्नसक्ने बताए।

अमेरिकाले युक्रेनलाई तीन वर्षदेखि आर्थिक सहयोग प्रदान गर्दै आएको बताउँदै उनले अब युक्रेनले दुर्लभ खनिज प्रदान गरेर आफ्नो ऋण चुक्ता गर्नुपर्ने बताएका हुन्।

उनले यो पनि भने कि अमेरिकाले युक्रेनलाई तीन वर्षदेखि आर्थिक सहयोग दिइरहेको छ, तर अब युक्रेनले आफ्नो ऋण चुकाउने समय आएको छ र त्यसको लागि दुर्लभ खनिज प्रदान गर्नुपर्नेछ। ट्रम्पको यी अभिव्यक्तिहरूले युक्रेनको भविष्य र अमेरिकी सहयोगको मुद्दामा ठूलो चर्चा सिर्जना गरेको छ।