समाचार

छोरा-बुहारीले मिलेर बाबाको ज्यान लियो! इलाममा सनसनीपूर्ण हत्याको रहस्य उजागर

छोरा-बुहारीले मिलेर बाबाको ज्यान लियो! इलाममा सनसनीपूर्ण हत्याको रहस्य उजागर

इलाम - इलामको सूर्योदय नगरपालिका-११, सुन्तलेमा ५१ वर्षीय धनराज राईको हत्या भएको छ। घटनामा उनका छोरा र बुहारीसहित ६ जनाले संलग्नता जनाएका छन्।

सोमबार बिहान ११ बजेतिर मृतकको शव घरको भुइँतलामा रहेको एक कोठामा रगतले भरिएको अवस्थामा फेला परेको थियो। प्रहरीले घटनास्थलबाट कोदालो, फलामको रड, आग्लो लगायतका हत्यामा प्रयोग भएका उपकरण पनि बरामद गरेको छ। मृतकको टाउको र पछाडिमा गम्भीर चोटहरु पाइएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गर्दा प्रहरी टोलीले मृतकका छोरा एडवड राई (२९), उनकी पत्नी मालती तामाङ राई (२६), र उनका छिमेकी नवीनकुमार राई (२४), निसान राई (२६), राजीव राई (२०) र दिवस राई (२३) लाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सबै आरोपितलाई आठ दिनको म्याद थप गरेर अनुसन्धान जारी राखिएको छ। विशेष अनुसन्धान टोली र प्रहरी प्रदेश कार्यालय धरानको टीमले घटनाको गहिरो अनुसन्धान गरेका थिए र यो कर्तव्य गरी हत्या भएको पत्ता लागेको छ।