इजरायली प्रधानमन्त्री नेतन्याहूले दिए गाजामा फेरि युद्ध सुरु गर्ने धम्की

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविराम खतम गर्न सक्ने धम्की दिएका छन्। उनले शनिबारसम्म इजरायली बन्धकहरूको रिहाइ नगरेमा युद्धविराम सम्झौता रद्द गर्ने र गाजामा फेरि लडाईं सुरु गर्ने चेतावनी दिएका छन्।
नेतन्याहूले भने, "यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने, हामी गाजामा युद्धविराम समाप्त गर्नेछौँ र लडाईं फेरि शुरु गर्नेछौँ।" उनले इजरायली सेनालाई गाजा र वरपर तयारी अवस्थामा रहन आदेश दिएका छन्।
यो धम्की हमासको तर्फबाट बन्धकहरूको रिहाइ रोकिएको घोषणापछि आएको हो। यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चेतावनी दिएका थिए कि यदि हमासले सबै बन्धकलाई रिहा नगरे भने इजरायललाई युद्धविराम सम्झौता रद्द गर्न पर्नेछ।
युद्धविराम सम्झौताअनुसार, हमासले १६ इजरायली र पाँच थाई बन्धकलाई रिहा गरिसकेको छ भने, इजरायलले ५६६ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ।नेतन्याहूको कडा चेतावनीले क्षेत्रीय तनावलाई अझ तिब्रितो ल्याएको छ, र अब यो स्थिति भविष्यमा कसरी विकसित हुन्छ भन्ने कुरा चासोको विषय बनेको छ।