समाचार

"बबरमहलमा जलप्रलय! मेलम्चीको पाइप फुट्दा अदालतभित्रै पानी पस्यो"

"बबरमहलमा जलप्रलय! मेलम्चीको पाइप फुट्दा अदालतभित्रै पानी पस्यो"

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा क्षेत्र जलमग्न भएको छ। ठूला मात्रामा पानी बग्दा सवारी आवागमन अवरुद्ध भएको छ भने पैदलयात्रीहरूलाई समेत हिँडडुल गर्न कठिनाइ भएको छ।

फुटेको पाइपबाट बगेको पानी वन परिसर, विशेष अदालत र जिल्ला अदालतजस्ता महत्वपूर्ण सरकारी कार्यालयभित्रसमेत पसेको छ। आकस्मिक रूपमा पानी भरिँदा प्रशासनिक कामकाज प्रभावित भएको छ।

स्थानीयबासी र सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गरिरहे पनि पानीको सतह घट्न समय लाग्ने अनुमान गरिएको छ। घटना किन र कसरी भयो भन्नेबारे सम्बन्धित निकायले अनुसन्धान थालेका छन्।

मेलम्ची खानेपानी आयोजना बबरमहलस्थित जिल्ला अदालत