समाचार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख ११ देखि [तालिकासहित]

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख ११ देखि [तालिकासहित]

काठमाडौं – कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ। वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ।