"नेपाल र युक्रेनबीच ऐतिहासिक सम्झौता! कूटनैतिक राहदानी धारकलाई भीसा छुट"

नेपाल सरकारले युक्रेनसँग नयाँ सम्झौता गर्दै कूटनैतिक, अफिसियल र सर्भिस राहदानी भएका व्यक्तिहरूसँग भीसा छुट दिने निर्णय गरेको छ। सोमबार साँझको मन्त्रिपरिषद बैठकले यस सम्झौतापत्रलाई स्वीकृति दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार, युक्रेनले पनि यस सम्झौतापछि नेपाली कूटनैतिक, अफिसियल र सर्भिस राहदानी धारकलाई भीसा छुट दिने छ।
अहिले दुई वर्षदेखि युक्रेन र रूस बीचको युद्ध जारी छ, र अमेरिकी आर्थिक तथा सैन्य सहयोगको बीचमा युक्रेन अहिले कठिन स्थितिमा छ। अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आर्थिक सहयोग जारी राख्न नसक्ने संकेत दिएपछि, युक्रेनको अवस्था थप जटिल हुने आशंका गरिएको छ।
युक्रेन नेपाल सरकार