समाचार

ज्ञानेन्द्र शाहीबारे बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिँदै भने - "को हो त्यो ? म चिन्दिनँ!"

ज्ञानेन्द्र शाहीबारे बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिँदै भने - "को हो त्यो ? म चिन्दिनँ!"

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको बारेमा आक्रामक प्रतिक्रिया दिएका छन्। शाहीको नाममा उठेका प्रश्नमा उनले गम्भीर असहयोग जनाउँदै, "को हो त्यो म चिन्दिनँ, त्यसको नाम लिनु पनि आवश्यक छैन," भनेका छन्।

शुक्रबार शपथ ग्रहण कार्यक्रममा पत्रकारले शाहीको बारेमा प्रश्न गरेका थिए, जसले भट्टराईलाई झनै आक्रोशित बनायो। उनले युट्युबरको अर्को प्रश्नको उत्तरमा भने, "कुकुर जस्तो काम गर्ने, घाँस हाल्ने बित्तिकै जुठो खान जाने?" भन्दै आफ्नो नाराजगी प्रकट गरे।

प्रचण्डसँगको सम्बन्ध र माओवादीको शान्ति प्रक्रियामा आफ्नो भूमिका बारे पनि भट्टराईले तीव्र आलोचना गरे। उनले भने, "मैले जनयुद्धको नेतृत्व गरें, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएँ, र प्रचण्डलाई शान्ति प्रक्रियामा सहयोग गरेको थिएँ, तर उहाँले पूरा गर्न सकेनन्।"

यसैगरी, राप्रपा सचेतक शाहीले जनयुद्धलाई धनयुद्धको टिप्पणी गरेको प्रसङ्गमा भट्टराई झनै उत्तेजित भए। उनले पत्रकारलाई कडा शब्दमा जवाफ दिँदै शाहीलाई "को हो त्यो?" भन्दै नाम लिनै नचाहेको बताए।