समाचार

झलनाथ खनालको चर्को दाबी: काँग्रेसले ०८४ मा बहुमत ल्याउने, एमालेको भविष्य अन्धकार !

झलनाथ खनालको चर्को दाबी: काँग्रेसले ०८४ मा बहुमत ल्याउने, एमालेको भविष्य अन्धकार !

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी ०८४ को चुनावमा काँग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्। उनले शुक्रवार काठमाडौँमा भएको कार्यक्रममा काँग्रेसको तयारी र आगामी चुनावका लागि योजनाबद्ध कामको विषयमा कुरा गर्दै, यस पटक काँग्रेसको बहुमत प्राप्त गर्ने सम्भावना बलियो रहेको बताए।

खनालले भने, "०८४ आउँदै छ र काँग्रेसले राम्रो तयारी गर्दैछ। यसै ढाँचामा अघि बढे काँग्रेसले बहुमत ल्याउन सक्छ।" उनले यस अवसरमा एमालेलाई चेतावनी दिँदै भने, "यदि एमाले यत्रा गर्दै एक्लै बहुमत ल्याउने सोच्छ भने त्यो एउटा ठूलो दुर्घटनामा परिणत हुनेछ।"

पूर्वप्रधानमन्त्री खनालले देशको हितको लागि वामपन्थीहरूको एकता आवश्यक रहेको पनि जोड दिए। उनले नेपालका वामपन्थीहरूले आफूलाई पुनरावलोकन गर्नुपर्ने र देशका लागि एकता अपनाउनुपर्ने बताए। "वामपन्थीहरूले एक भएर अघि बढ्नु पर्छ," उनले थपे।

रेमिट्यान्सको घमण्ड र दक्षिणपन्थी बाटोको आलोचना गर्दै खनालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कार्यशैलीलाई नकारात्मक दृष्टिकोणबाट हेरे।