मोदी–ट्रम्पको गोप्य डिल: भारतले किन्यो अर्बौंको अमेरिकी हतियार र तेल!

वासिङ्टन डीसीको ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। वार्तामा भारतले अमेरिकाबाट अर्बौं डलरको सैन्य सामग्री, तेल, र ग्यास खरिद गर्ने सहमति जनाएको छ।
दुई देशले सन् २०३० सम्ममा आपसी व्यापार दोब्बर पुर्याउने लक्ष्य लिएको छ। भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पटक–पटक ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानसँग आफ्नै ‘मेक इन्डिया ग्रेट अगेन’ अवधारणा जोड्दै चर्चा गरे।
यद्यपि, मोदीले सार्वजनिक रूपमा नखुलाए पनि ट्रम्पले भारतले ठूला आर्थिक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन्। मोदीले ट्रम्पलाई खुसी पार्न अवैध रूपमा अमेरिका पुगेका भारतीय नागरिकलाई फिर्ता लिने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, ह्वाइट हाउस बाहिर मोदीका समर्थक र विरोधीहरू आमनेसामने उत्रिएर प्रदर्शन गरिरहेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी