समाचार

"सबै दोष अरूको? विनोद चौधरीको रहस्यमय विज्ञप्ति!"

"सबै दोष अरूको? विनोद चौधरीको रहस्यमय विज्ञप्ति!"

विभिन्न विवादमा मुछिँदै आएका नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले हालै एक अनौठो विज्ञप्ति जारी गरेका छन्। हिजो सार्वजनिक गरिएको अंग्रेजी भाषाको विज्ञप्तिमा उनले आफू बाहेक अरू सबैले गलत कार्य गरेको संकेत गरेका छन्।

विज्ञप्तिमा कुनै सञ्चारमाध्यमले के विषयमा, कहिले र के लेखेको भन्ने स्पष्ट नगरी अमूर्त शैलीमा चौधरी ग्रुपको आधिकारिक धारणा प्रस्तुत गरिएको छ। चौधरी ग्रुपको छाप र आधिकारिक व्यक्तिको हस्ताक्षरबिनाको उक्त विज्ञप्तिमा भनिएको छ, "विभिन्न समाचारमा जनाइएका घटना वा विषयमा चौधरी ग्रुपको कुनै संलग्नता छैन। हाम्रो नाम र पहिचानलाई गलत तरिकाले प्रयोग गरिएको कानुनी रूपमा मान्य छैन।"

चौधरी ग्रुपले कुन सञ्चारमाध्यमले, कहिले र के विषयमा लेखेको वा प्रसारण गरेको भन्ने उल्लेख नगरी आफूले कानुनसम्मत रूपमा व्यवसाय गरिरहेको दाबी गरेको छ। सञ्चारमाध्यमहरूले आफ्नो कम्पनीको विश्वसनीयतामाथि निरन्तर प्रहार गरेको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएको छ। साथै, चौधरी ग्रुपले सञ्चारमाध्यम, सर्वसाधारण, र प्रतिस्पर्धी औद्योगिक प्रतिष्ठानहरूलाई गलत सूचना प्रवाहमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

यसअघि पनि विनोद चौधरी विभिन्न विवादमा मुछिँदै आएका छन्। उनीमाथि राजनीतिक संरक्षणको आडमा विभिन्न अनियमितता गरेको आरोप लाग्दै आएको छ। 

नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरी