समाचार

म्यानमारमा शान्ति र ध्यानका लागि श्री श्री रविशंकरको स्वागत

म्यानमारमा शान्ति र ध्यानका लागि श्री श्री रविशंकरको स्वागत

म्यानमारको याङ्गुनमा आयोजित एक विशेष ध्यान सत्रमा श्री श्री रविशंकरलाई भव्य स्वागत गरियो। राष्ट्रिय थिएटरमा सम्पन्न उक्त कार्यक्रममा १,५०० भन्दा बढी सहभागी उपस्थित थिए, जसमा म्यानमार सरकारका मन्त्रीहरू समेत सामेल थिए।

श्री श्री रविशंकरलाई म्यानमार सरकारको आधिकारिक निम्तोमा उक्त ध्यान सत्र आयोजना गरिएको थियो, जसलाई भारतको याङ्गुनस्थित दूतावासले पनि स्वीकृति प्रदान गरेको थियो।

भारतका राजदूत अभय ठाकुरले "शान्ति तथा ध्यान सत्र" सफल भएको भन्दै ट्वीट गर्दै भने, “१,५०० भन्दा बढी सहभागीहरूलाई समेट्ने ध्यान सत्र र ३०० भन्दा बढी पेशेवरहरूका लागि नेतृत्व विकास प्रशिक्षण कार्यक्रम अत्यन्त प्रभावशाली रह्यो। श्री श्री रविशंकरलाई भारत भवनमा स्वागत गर्न पाउँदा हामी सम्मानित महसुस गर्‍यौं।”

यसै क्रममा म्यानमारका प्रधानमन्त्री तथा स्टेट एडमिनिस्ट्रेशन काउन्सिल (SAC) का अध्यक्ष वरिष्ठ जनरल मिन आङ हलाइङले श्री श्री रविशंकरलाई विशेष बैठकका लागि आमन्त्रण गरेका थिए। उक्त भेटघाटमा म्यानमारको राजनीतिक इतिहास, जातीय द्वन्द्व, शान्ति प्रक्रिया, तथा लोकतान्त्रिक निर्वाचनका तयारीबारे गहन छलफल भएको बताइएको छ।

यस ऐतिहासिक भ्रमणलाई भारत-म्यानमार सम्बन्धलाई सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ। भारतको संघीय शासन प्रणाली तथा समावेशी शान्ति प्रक्रिया म्यानमारका लागि प्रेरणादायी हुनसक्ने ठानिएको छ। श्री श्री रविशंकरको शान्ति प्रयासले म्यानमारमा दीर्घकालीन स्थिरता तथा मेलमिलापको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

म्यानमारको याङ्गुन