समाचार

अमेरिकामा समातिएका नेपालीलाई धमाधम पनामा पठाईंदै

अमेरिकामा समातिएका नेपालीलाई धमाधम पनामा पठाईंदै

अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीसहित विभिन्न देशका आप्रवासीहरूलाई एकै विमानमा राखेर दक्षिण अमेरिकी देश पनामामा पठाएको छ। पनामाका राष्ट्रपति जोसे राउल मुलिनोका अनुसार केही दिनअघि मात्र ११९ जनालाई पनामा पुर्‍याइएको छ।

समाचार स्रोतहरूका अनुसार पनामा पठाइएका आप्रवासीहरू नेपाल, चीन, भारत, अफगानिस्तान, इरान, पाकिस्तान, श्रीलंका, तुर्कमेनिस्तान, उज्बेकिस्तान र भियतनामका नागरिक हुन्। अझै तीन सयभन्दा बढी आप्रवासीलाई अमेरिकाबाट पनामामा स्थानान्तरण गर्ने तयारी भइरहेको बताइएको छ।

अमेरिका