समाचार

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने वा जोड्ने काममा संलग्न नरहेको स्पष्ट पारेका छन्। संसदमा आइतबारको प्रश्नोत्तर सत्रमा सांसदहरूले उठाएका विषयमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले भने, "पार्टी फुटाउने या जोड्ने काम मेरो होइन।"

प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएर एमालेलाई फुटाइदिएको उदाहरण दिएका थिए। विपक्षी दलका सांसदहरूले अध्यादेशको विरोध गर्दै पार्टी फुटाउने आरोप लगाएपछि ओलीले जवाफ दिएका हुन्। उनले भने, "अहिलेको सरकार जनतालाई लक्षित गरेर अध्यादेश ल्याइरहेको छ, तर विपक्षी दलले भ्रम फैलाइरहेका छन्।"

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालको घटनालाई सम्झाउँदै भने, "तपाईंले मसँग सोध्नुभयो भने, ०७८ मा अध्यादेश ल्याएर एमाले फुटाइयो, तपाईंलाई थाहा छ।"

प्रधानमन्त्री ओलीले थपे, "म कुनै पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने पक्षमा छैन। मेरो कार्यसूचीमा यस्ता खुद्रा मुद्दा छैन।"

वर्षमान पुनलाई जवाफ दिँदै ओलीले ०८० वैशाख २० गतेको घटनालाई याद गर्न आग्रह गरे। "२०८० वैशाख २० मा संसद् अधिवेशन सुरु हुनुअघि ४ दिनअघि अध्यादेश ल्याइएको थियो।"

उनले थपे, "अध्यादेश ल्याउने अधिकार त्यस समयमा सरकारमा सामेल भएका दलको थियो, यो अर्कै कुरा हो।" प्रधानमन्त्री ओलीले स्पष्ट गरे कि पार्टी फुटाउने जस्ता मुद्दामा आफू नलाग्ने र सरकारको काम जनताको भलाईका लागि मात्रै रहेको बताए।