अवैध डलर र मोबाइलको साथ अमेरिकाबाट मलेसिया उड्न लागेका अमेरिकी नागरिक पक्राउ

काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका एक अमेरिकी नागरिकबाट ठूलो परिमाणमा अवैध सामग्री फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अमेरिकी नागरिक नी यानलाई पक्राउ गरेको हो।
बाटिक एअरको हिजो दिउँसो ४:३० बजेको उडानमा सवार हुन लागेका चिनियाँ मूलका अमेरिकी नागरिक नी यानको साथबाट १२ हजार अमेरिकी डलर, १९ थान मोबाइल सेट, र ३० थान सिमकार्ड बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
विमानस्थल सुरक्षा जाँचका क्रममा शंका लागेपछि प्रहरी टोलीले चेकजाँच गर्दा ठूलो मात्रामा नगद र इलेक्ट्रोनिक सामान भेटिएको हो। पक्राउ परेका यानलाई थप अनुसन्धानका लागि राति ८ बजे महानगरीय प्रहरी वृत्त, गौशालामा लगिएको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
अमेरिकी नागरिक