समाचार

"डा. सिके राउतको धमाकेदार सन्देश: विद्यार्थीलाई राजनीतिमा लाग्न र जित्नको लागि आह्वान!"

"डा. सिके राउतको धमाकेदार सन्देश: विद्यार्थीलाई राजनीतिमा लाग्न र जित्नको लागि आह्वान!"

जनकपुर — जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विद्यार्थीहरूलाई विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्न र आफ्नो प्रभाव बढाउन आग्रह गरेका छन्।

जनमत संघ धनुषाद्वारा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा राउतले राजनीति प्रति चासो नलिनु र राजनीतिक नियन्त्रणबाट बन्चित रहनुले मात्र शासित हुनुपर्ने अवस्थालाई निम्त्याउँछ भन्दै विद्यार्थीलाई सक्रिय राजनीतिमा सामेल हुनका लागि प्रेरित गरे।

उनले भने, "राजनीति भनेको समय गुमाउने कुरा होइन, पूर्ण समर्पणसहित लाग्नुपर्ने कुरा हो। यदि तपाईं राजनीतिमा चासो राख्नुहुन्न भने, तपाईंको भविष्य अन्य मानिसहरूले निर्धारण गर्नेछन्।" उनले विद्यार्थीहरूलाई यथासम्भाव पुरा मन र आत्मविश्वासका साथ राजनीति गर्न आह्वान गरे।

राउतले थपे, "अलिकता देखिनु, सुनिनु मात्र पर्याप्त छैन। राजनीतिमा केवल शब्दको खेल हुँदैन्, कडा मेहनत र समर्पण आवश्यक छ। राजनीति गर्दा जित मात्र होइन, विचार र दृष्टिकोणको पनि विजय हुन्छ।"

उनले चुनाव र राजनीति प्रक्रियामा पराजयको कुनै बहाना मान्न नसकिने र सधैँ जितको मानसिकतासाथ अगाडि बढ्नका लागि रणनीति बनाउनु पर्ने कुरामा जोड दिए। नयाँ संगठनको रूपमा, उनीहरूलाई पुराना राजनीतिक दलहरूको तुलना गर्दा आत्मविश्वास राख्नु आवश्यक छ, र नयाँ प्रविधि र दृष्टिकोणको प्रयोगबाट पुराना विकृतिहरूलाई सुधार्नुपर्ने बताए।

राउतका अनुसार, "पुराना तरिकाहरूबाट सिकेर, नयाँ योजनाका साथ राजनीतिमा जाँदा मात्र तपाईंको संगठनले प्रगति गर्न सक्छ।"

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत