समाचार

पूर्व सचिवदेखि पत्रकारसम्म प्रतिस्पर्धामा! बीमा प्राधिकरणको नेतृत्व कसले सम्हाल्ने?

पूर्व सचिवदेखि पत्रकारसम्म प्रतिस्पर्धामा! बीमा प्राधिकरणको नेतृत्व कसले सम्हाल्ने?

नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिफारिस समितिले १२ आवेदकमध्ये पाँच जनालाई सर्टलिस्ट गर्दै प्रतिस्पर्धा झनै रोचक बनाएको छ।

सूचीमा परेका उम्मेदवारहरूमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा छन्। यीमध्ये एक जना चाँडै नयाँ अध्यक्ष बन्नेछन्।

अब चयन प्रक्रिया थप पेचिलो बनेको छ। उम्मेदवारहरूले फागुन १० गते आफ्नो कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्ता सामना गर्नेछन्।

छानिएकामध्ये रेग्मी हाल प्राधिकरणकै निर्देशक हुन्, जबकि चापागाईं पूर्व बीमा समिति अध्यक्ष हुन्। बसौला स्वास्थ्य बीमा बोर्डका निवर्तमान अध्यक्ष, पुडासैनी कृषि विकास बैंकका अध्यक्ष, र ओझा पूर्व पत्रकार हुन्।

 

नेपाल बीमा प्राधिकरण