अमेरिकाले भारतीयलाई हतकडी र नेल लगाएर पञ्जाब ल्यायो! मुख्यमन्त्रीको आक्रोश!

अमेरिकाले अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूहलाई पञ्जाबको अमृतसर विमानस्थलमा पठाएको छ। वायुसेना क्याप्टन सि १७ विमानमा ११२ जना भारतीय नागरिकलाई हिजो अमेरिकाबाट फर्काइएको हो।
यो घटनाले एक नयाँ मोड लिएको छ, किनकि अबसम्म अमेरिकाले ३३२ जना भारतीयलाई निष्कासन गरेको छ। फेब्रुअरी ५ मा १०४ जना र शनिबार राति ११६ जना भारतीय नागरिकहरू सेनाको विमानमा राखेर अमेरिका पठाइएका थिए।
भारत फर्किएका नागरिकहरूको अवस्था पनि अत्यन्तै कठोर थियो। महिलाहरू र बालबालिका बाहेक अरुलाई हतकडी र गोडामा नेल लगाइएको थियो। पञ्जाबका मुख्यमन्त्री भगवन्तसिंह मानले अमेरिकाको यो कदममा आक्रोश व्यक्त गर्दै पञ्जाब र पञ्जाबीहरूप्रति नकारात्मक भावना फैलाएको आरोप लगाएका छन्।
अस्ति राति फर्काइएका ११६ जनामध्ये ६५ जना पञ्जाबका, ३३ जना हरियाणा र ८ जना गुजरातका नागरिक थिए।