समाचार

आजको दिनको हाईप्रोफाइल यात्रा: केपी शर्मा ओली, विद्यादेवी भण्डारी र डा. शर्मा

आजको दिनको हाईप्रोफाइल यात्रा:  केपी शर्मा ओली, विद्यादेवी भण्डारी र डा. शर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दाङ जानुहुने कार्यक्रम तय भएको छ। उहाँ बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरमा बालुवाटारबाट दाङ प्रस्थान गर्नुहुनेछ र अपरान्ह ४ बजे राजधानी फर्किने कार्यक्रम छ। उहाँ लुम्बिनी प्रदेश सभा अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रमका लागि दाङ जाने हुनुहुन्छ।

त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्याण्डको राजधानी बैंकक जान लाग्नुभएको छ। उहाँ बिहान ११ बजे नेपाल वायुसेवाको उडानबाट बैंकक प्रस्थान गर्दै हुनुहुन्छ।

आजै, सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा अमेरिका जान लाग्नुहुन्छ। उहाँ बिहान पौने १२ बजे कतार एअरवेजको उडानमार्फत दोहा हुँदै अमेरिका जाने बताइएको छ।

 प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा