विदेश

ट्रम्पले नेपाललाई दिइने अमेरिकी सहायतालाई 'ठगी' भने, ५ अर्ब रुपैयाँको सहायता रोकियो!

ट्रम्पले नेपाललाई दिइने अमेरिकी सहायतालाई 'ठगी' भने, ५ अर्ब रुपैयाँको सहायता रोकियो!

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाल लगायतका विभिन्न राष्ट्रलाई दिइने अमेरिकी सहायतालाई 'ठगी' भन्दै कडा आलोचना गरेका छन्। जनवरी २० मा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिको पदभार सम्हालेपछि ट्रम्पले कयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसमा केही अनुदान रोक्ने निर्णय पनि समावेश थियो।

हालै, ट्रम्पको प्रशासनले मस्कको नेतृत्वमा रहेको प्रशासनिक दक्षता विभाग (डज) मार्फत नेपाल, भारत र बंगलादेश लगायतका देशलाई दिइने विभिन्न सहायता रोक्ने घोषणा गरेको थियो। डजले जैविक विविधता संरक्षण र वित्तीय संघीयता परियोजनाका लागि नेपाललाई दिइरहेको ३ करोड ९० लाख डलर, जसको नेपाली रकम झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ हुन्छ, रोक्नको कारण ट्रम्पले यो रकमलाई 'फ्रड' (ठगी) भनेका छन्।

ट्रम्पले फ्लोरिडास्थित मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा भने, "यो फ्रड हो," जब पत्रकारहरूले उनले गरेका आदेशहरूको बारेमा सोधेका थिए। उनले यसैक्रममा अमेरिका–नेपाल सहयोगको एमसीसी परियोजनासँग सम्बन्धित भुक्तानी पनि रोकिएको जानकारी दिएका छन्।

त्यस्तै, अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सञ्चालन भएका ६ परियोजना रद्द गरेको छ। ट्रम्पले भारतलाई दिइरहेको २ करोड १० लाख डलरको सहायतासमेत रोकेको बताएका छन्। उनले भने, "भारतलाई हामी किन पैसा दिइरहेका छौँ, उनीहरूसँग टन्नै पैसा छ।"

यो घटनाले अमेरिकी सहायताको भविष्य र नेपालको लागि त्यसका प्रभावमा ठूलो प्रश्न चिह्न खडा गरेको छ।