समाचार राजनीति

चितवनबाट रविन्द्रले दिए बाबुरामलाई दनक

चितवनबाट रविन्द्रले दिए बाबुरामलाई दनक

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कडा शब्दमा सम्‍बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् ।  

उनले बाबुरामलाई ‘वाहियातको राजनीति नगर्न’ आग्रह गर्दै, सत्ता सम्‍हाल्ने बेला राजसंस्था स्वीकृत गर्ने र सत्ता नपाउँदा गणतन्त्र र प्रगतिको पक्षमा खडा हुने भनाइलाई आलोचना गरेका हुन् । 

रविन्द्रले बाबुरामको अस्थिर दृष्टिकोणलाई निशाना बनाउँदै ‘तपाईंको हातमा सत्ता आएको खण्डमा राजसंस्था स्वीकार्य र राजसत्ता नआएको खण्डमा गणतन्त्रवादी र प्रगतिशिल बन्ने?’ भन्दै प्रश्न गरे । उनले यस्ता खाले वाहियात राजनीति गरे देशको राजनीति बर्बाद हुने चेतावनी दिए।

उनले भने, ‘बाबुराम जि र मेरो  दोहोरी बेला बेलामा चलिरहन्छ । पहिलो  संविधान सभाको  ठिक अगाडि उहीँ सुरु प्रयोग गरेर राजालाई माओवादी  र  राजा भएर सत्ता लिउँ । कुनै  न कुनै  किसिमको राज संस्था हामी स्विकार्न तयार छौं भनेर भन्नु भएको  थियो । साथै  बाँकी अन्य  पार्टीहरुलाई खास गरि  एमाले  र  काग्रेसलाई पाखा लगाऔं  भनेर संम्वाद गरेको  हो की  होइन ? दोस्रो  संम्वादमा प्रचण्डलाई समेत राखेर सोही सुत्र मार्फत राजासँग  अब सत्ता कब्जा गरौं हामी राजसंस्था स्विृकार्न  तयार  छौं भनेर  वार्ता गरेको हो की होइन ? तपाईंको हातमा सत्ता आयो  भने तपाईंलाई  राजसंस्था स्वृकार्य  हुने , अनि तपाईंको  हातमा राजसत्ता आएन भने घनघोर गणतन्त्रवादी र प्रगतिशिल हुने ? यस्तो किसिमको वायत  कुराले यो  देशको  राजनीति बर्बाद भएको  छ ।’ 

मिश्रले बाबुरामसँगको आफ्ना संवादहरूको समेत खुलासा गर्दै यसलाई प्रमाणित गर्नका लागि अन्य स्रोतहरू समेत रहेको बताए ।