साहसिक यात्रा मृत्युमा बदलियो: जन्ती फर्काउने बस भीरबाट खस्यो!

काभ्रेपलाञ्चोकमा भएको एक दर्दनाक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
तेमाल गाउँपालिका-३, कुन्डोलमा जन्ती पुर्याएर फर्किएको ना.४ ख ८८१७ नम्बरको बस अनियन्त्रित भई करिब २०० मिटर तल भीरबाट खसेको थियो।
दुर्घटनामा स्थानीय ५० वर्षीय रामसिङ तामाङको घटनास्थलमै मृत्यु भएको छ। बसका चालक मकवानपुर, बागमती गाउँपालिकाका कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्, जसको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।