समाचार राजनीति

गोकुल बास्कोटाको कडा प्रतिक्रिया: ट्रम्पको अभिव्यक्तिलाई 'हेप्नुको सीमा' भन्दै प्रहार

गोकुल बास्कोटाको कडा प्रतिक्रिया: ट्रम्पको अभिव्यक्तिलाई 'हेप्नुको सीमा' भन्दै प्रहार

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले आपत्ति जनाएका छन्। उनले आइतबार प्रतिनिधिसभा बैठकमा, अमेरिकाले नेपालको सहयोगलाई 'फ्रड' भनिएको विषयमा गम्भीर टिप्पणी गरे।

गोकुल बास्कोटाले भने, "हेप्नुको पनि सीमा हुन्छ, सभामुख महोदय। अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको छ। हामीले त्यो स्वीकार गर्‍यौँ। तर अहिले हामीलाई 'फ्रड' भनिएको छ र नेपालको छवि माथि गहिरो चोट लागेको छ। यसले हाम्रो राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पारेको छ।"

उनले अझ भनें, "सहयोग दिइएको हो, हामीले लिएका छौँ। त्यसको निगरानी कसले गर्नुपर्थ्यो? किन भएन? जुन सहयोग दियो, त्यही जनताको करको पैसा आएको होलाजस्तो लाग्छ। त्यो 'फ्रड' हामीले गर्यौं वा उहाँहरूले स्वीकार गर्दै हामीलाई यस्तो स्थितिमा ल्याएको हो?"

बास्कोटाले अब सहयोगका विषयमा स्पष्ट र दृढ निर्णय लिनुपर्नेमा जोड दिए। "हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ भन्ने कुरा स्पष्ट रूपमा भन्नुपर्छ। के परिणाममा त्यसको के फरक पर्छ भन्ने कुरा थाहा पाउनु आवश्यक छ। जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन।"