विदेश

इटालीकी प्रधानमन्त्री मेलोनीको कडा अभिव्यक्ति: मोदीको प्रशंसा गर्दै वामपन्थी नेताहरूलाई चुनौती

इटालीकी प्रधानमन्त्री मेलोनीको कडा अभिव्यक्ति: मोदीको प्रशंसा गर्दै वामपन्थी नेताहरूलाई चुनौती

काठमाडौं – इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनीले वासिंगटन डीसीमा आयोजित सीपीएसी सम्मेलनलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेकी छन्। साथै, उनले वामपन्थी नेताहरूको आलोचना गर्दै इटालीलाई सुधार र आधुनिकीकरण गर्दै विश्वमा पुनः शक्तिशाली बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

मेलोनीले भने, "हाम्रो सरकार इटालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः सम्मान दिलाउन कडा मेहनत गर्दैछ। हामी इटालीलाई सुधार र आधुनिकीकरण गर्दै एकपटक फेरि विश्वको नेता बनाउने लक्ष्यमा अघि बढिरहेका छौँ।"

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितसँगै वामपन्थीहरूको चिन्ता र रिसको स्तर उचाइमा पुगेको बताइन्। मेलोनीका अनुसार, यसले कन्जरभेटिव आन्दोलनलाई एकसाथ ल्याएको हो, न कि केवल एकल जीतका कारण।

"जब बिल क्लिन्टन र टोनी ब्लेयरले १९९० को दशकमा ग्लोबल लेफ्टिस्ट लिबरल नेटवर्क निर्माण गरे, उनीहरूलाई स्टेट्सम्यानको रूपमा सम्मान दिइन्थ्यो," मेलोनीले भने। "आज जब ट्रम्प, मेलोनी, मिल्ली (अर्जेन्टिनाका राष्ट्रपति) वा मोदी बोल्छन्, उनीहरूलाई लोकतन्त्रको लागि खतराको रूपमा प्रस्तुत गरिन्छ।"

अन्त्यमा उनले भनिन्, "यी दोहोरो मापदण्डहरू हुन् र हामी यसमा अनुभव हासिल गरिसकेका छौँ। तर, अब मानिसहरू तिनीहरूको झुटमा विश्वास गर्न छोडिसकेका छन्। जनताले हामीलाई मतदान गरेर हाम्रो समर्थन गर्दैछन्।"