प्रचण्डको सनसनीखेज उद्घोष! "अब जनताको बलमा सरकार बनाउँछौं, गठबन्धनको आवश्यकता छैन!"

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कुनै पार्टीसँग गठबन्धन नगर्ने र केवल जनताको बलमा सरकार बनाउने बताएका छन्। उनले हालै झापामा आयोजित तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहमा यस्तो महत्वपूर्ण घोषणा गरेका हुन्।
प्रचण्डका अनुसार, माओवादीलाई अरु दलसँग सहकार्य नगर्न जनताले नै सुझाव दिएका छन्। उनले नेपाली कांग्रेस र नेकपा एमालेसँगको पूर्व गठबन्धनका कारण पार्टीको जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार गरे र अब त्यसो नगर्ने निर्णय गरेका छन्। "हामीलाई जनतासमक्ष जानु छ, विगतमा कांग्रस र एमालेसँगको गठबन्धनले हाम्रो जनतासँगको सम्बन्ध टुट्न पुग्यो। अब हामी जनताको बलमा सरकार बनाउनेछौं," उनले भने।
साथै, प्रचण्डले माओवादी पार्टीले आत्मसमीक्षा गर्दै, जनतासँगको सम्बन्ध सुधारमा लागेका छन्। "अबको मार्गदर्शन जनताको बलमा हुनेछ, र हाम्रो विश्वास छ कि जनताले हामीलाई साथ दिनेछन्," उनले जोड दिए।
प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध कडा कदम उठाएको र त्यसैको कारण सरकार परिवर्तन भएको दाबी पनि गरे। "केही फरार अभियुक्तको पक्राउ पछि, रातारात सरकार बदलियो। यो सरकार परिवर्तनको नाटक थियो," उनले भने।
आखिरमा, प्रचण्डले भने, "हामी अब जनतासँगै चुनाव लडेर सरकार बनाउँछौं। विगतमा हामी जससँग पनि सहकार्य गर्दा उनीहरूले ठूलो पार्टी बन्ने अवसर पाए, तर अब माओवादी आफैं ठूलो पार्टी बन्ने छ।" प्रचण्डको यो नयाँ उद्घोषले जनतासँगको उनको सम्बन्धको नयाँ अध्याय सुरू गर्न लागेको देखिन्छ।