समाचार

तराई-मधेशमा माओवादीको ‘रणनीति’! प्रचण्डको नेतृत्वमा के चल्दैछ गोप्य योजना?

तराई-मधेशमा माओवादीको ‘रणनीति’! प्रचण्डको नेतृत्वमा के चल्दैछ गोप्य योजना?

नेकपा माओवादी केन्द्रले आजदेखि तराई-मधेश जागरण अभियान सुरु गर्दैछ। यो अभियान झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट उद्घाटन भई चैत ७ गते कञ्चनपुरमा समापन हुनेछ। अभियानको पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका शीर्ष नेता झापामा भेला भइसकेका छन्।

के हो यो अभियान?

महासचिव देव गुरुङका अनुसार, यो अभियान हुलाकी मार्ग केन्द्रित रहनेछ। अभियान अवधिभर शहीद परिवार, बेपत्ता, घाइते, अपांग र पार्टी कार्यकर्तासँग अन्तर्क्रिया, जनसभा तथा सरकारको भण्डाफोर गरिने छ। भ्रष्टाचार, बेथिती र अन्यायविरुद्ध खबरदारी गर्दै जनतासँग प्रत्यक्ष संवाद अभियानको प्रमुख उद्देश्य हो।

अभियानको कार्यतालिका:

कोशी प्रदेश

  • झापा: फागुन १२

  • मोरङ: फागुन १३

  • सुनसरी: फागुन १५

मधेश प्रदेश

  • सप्तरी: फागुन १६

  • सिरहा: फागुन १७

  • धनुषा: फागुन १८

  • महोत्तरी: फागुन १९

  • सर्लाही: फागुन २१

  • रौतहट: फागुन २२

  • बारा: फागुन ২৩

  • पर्सा: फागुन २४

बागमती प्रदेश

  • चितवन: फागुन २५

गण्डकी प्रदेश

  • नवलपुर (नवलपरासी पूर्व): फागुन २६

लुम्बिनी प्रदेश

  • परासी (नवलपरासी पश्चिम): फागुन २७

  • रुपन्देही: फागुन २८

  • कपिलवस्तु: चैत २

  • दाङ: चैत ३

  • बाँके: चैत ४

  • बर्दिया: चैत ५

सुदूरपश्चिम प्रदेश

  • कैलाली: चैत ६

  • कञ्चनपुर: चैत ७

किन चाहियो यो अभियान?

१. संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिगमनविरुद्ध खबरदारी गर्न। २. सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादी क्रान्तिको आधार तयार पार्न। ३. भ्रष्टाचार, दलाल संस्कृति, बेथितीविरुद्ध जनस्तरबाट दबाब सिर्जना गर्न। ४. भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारलाई दबाब दिन। ५. जातीय छुवाछूत, महिला हिंसा, दलित तथा उत्पीडित समुदायका हक अधिकार सुनिश्चित गर्न। ६. दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा सार्वजनिक सेवाको उदासिनता हटाउन। ७. सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै पीडितलाई न्याय दिन। ८. मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारलाई दबाब दिन। ९. नागरिकता समस्यामा देखिएका कठिनाइ हटाउन कानुनी पहल गर्न। १०. राष्ट्रियता, सार्वभौमिकता, भूगोलको अखण्डता र स्वाभिमानको रक्षा गर्न। ११. उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधनको पहल गर्न। १२. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र समानुपातिक निर्वाचन प्रणाली लागू गर्न। १३. मैथिली, भोजपुरी, अवधि, थारू लगायतका भाषा सरकारी कामकाजको भाषा बनाउन। १४. सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तरोन्नति गर्न। १५. कृषिमा मल, बीउ, बजार सुनिश्चित गर्न र ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अभियान चलाउन। १६. विकास निर्माणमा भइरहेको ढिलासुस्ती हटाउन र पारदर्शिता कायम गर्न। १७. वैदेशिक रोजगारीमा हुने शोषण रोक्न र उद्यमशीलता प्रवर्द्धन गर्न। १८. प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सामाजिक सञ्जालको उचित नियमन गर्न। १९. हुलाकी मार्गको शीघ्र निर्माण र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्न। २०. उद्योगको निजीकरणको नाममा राष्ट्रिय सम्पत्तिको दोहन रोक्न। २१. प्राकृतिक प्रकोपका पीडितलाई राहत तथा पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्न। २२. जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्न।

पुष्पकमल दाहाल 'प्रचण्ड'