रेखा शर्माले ओली र पूर्वराजाविरुद्ध कडा प्रहार गर्दै संसदमा सरकारको बलमिच्याइँको आरोप लगाइन्!

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदको स्वतन्त्रता माथि सरकारको निरन्तर हस्तक्षेपको कडा आलोचना गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले, "संसदबाट पारित विधेयकमाथि संशोधन र विचाराधीन विधेयकलाई फिर्ता नगरी अध्यादेश जारी गर्नु सरकारको निरन्तर बलमिच्याइँ भएको बताएकी हुन् ।
सांसद शर्माले सत्तारुढ सांसदहरूले सरकारको तर्फबाट संसदमा जवाफ दिने अवस्थाबारे पनि आपत्ति जनाइन्। उनले संसदको अधिकारको सम्मान गर्दै सभामुखबाट रुलिङ गरिनुपर्ने बताइन्।
त्यस्तै, शर्माले दाङमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमानित गरेको आरोप लगाइन्। ओलीले २०७९ को चुनावमा एमाले महासचिव शंकर पोखरेललाई हराएका शर्मालाई दाङबासीले गल्ती गरेको बताएका थिए। यस घटनामा शर्माले कडा आपत्ति जनाइन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रजातन्त्र दिवसको अभिव्यक्तिप्रति पनि शर्माले असहमतिपूर्ण टिप्पणी गर्दै, "यदि उनी राजनीतिमा आउन चाहन्छन् भने दल खोलेर आउनुहोस्," भनेकी छन्। शर्माले वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ग्रे लिस्टमा राखिएको नेपालको स्थिति बारे पनि सरकारलाई जानकारी दिने माग गरेकी छन्। पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिँदै शर्माले राजनीतिमा आउनका लागि पार्टी खोल्न सुझाव दिइन्।