समाचार

प्रचण्डको कडा दावी: "कसैको दया र मायाले म प्रधानमन्त्री बनेको होइन!"

प्रचण्डको कडा दावी: "कसैको दया र मायाले म प्रधानमन्त्री बनेको होइन!"

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो तीनपटकको प्रधानमन्त्री पद जनताको विश्वास र समर्थनका कारण प्राप्त भएको बताएका छन्। उनले माओवादीको ऐतिहासिक उन्नतिको श्रेय कसैको दया र मायामा नभई जनताको संघर्ष र विश्वासमा रहेको दाबी गरे।

प्रचण्डले भने, "मलाई लाग्छ, नेपाली जनताले आम रुपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारविरुद्ध चलाएको अभियानकै कारण यो सरकार बनेको हो।" उनले सरकारको भ्रष्टाचार र विचौलियालाई संरक्षण गर्ने रवैयाको आलोचना गर्दै, यसलाई भन्डाफोर गर्न अत्यन्तै आवश्यक रहेको पनि जोड दिए।

"हामीलाई कसैले दया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन," प्रचण्डले भने। उनले माओवादीको साँचो शक्तिको कारण जनताको पक्षमा लिइएको अडान र त्याग रहेको भन्दै, पार्टीको विश्वास गुमाउनुको कारण माओवादीहरू कमजोर भएको भन्दै भविष्यमा त्यस्तो नदोहोरिने कुरामा आश्वस्त गरे।