समाचार

शिवरात्रिमा सेनाका हेलिकोप्टर चारथरि पाहुना बोकेर चारतिर

शिवरात्रिमा सेनाका हेलिकोप्टर चारथरि पाहुना बोकेर चारतिर

काठमाडौंको आकाश बुधबार बिहान सैनिक हेलिकोप्टरहरूले भरिएको देखियो। नेपाली सेना दिवस तथा महाशिवरात्रिको अवसरमा विभिन्न महत्त्वपूर्ण उडानहरू सञ्चालन भए।

बिहानै ६:३० बजे भारतीय स्थल सेनाका पूर्व सेनाध्यक्ष मनोज मुकुन्द नरवाने, मनोज पाण्डेसहित ६ जनाको टोली मुक्तिनाथ गएका छन्। उनीहरू सेनाको एनए ०३८ एमआई हेलिकोप्टरमार्फत सीतापाइलास्थित ब्यारेकबाट उडेका हुन्।

त्यसैगरी, बिहान ७:३० बजे विभिन्न देशका राजदूतावासका डिफेन्स अट्याचीहरूलाई एनए ०६२ कासा हेलिकोप्टरमार्फत माउन्टेन फ्लाइट गराइएको छ। फ्लाइटपछि उनीहरू पोखरा गएका छन् र अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ।

यसैबीच, ८:१५ बजे एनए ०६४ स्काइ ट्रकले एनसीसी डिजी टिम बोकेर माउन्टेन फ्लाइट गरिरहेको छ। उडान सम्पन्न भएपछि टोली काठमाडौं नै फर्कनेछ।

त्यसपछि, साढे ९ बजे रक्षा मन्त्री मनवीर राईसहितको टोली एनए ०६१ हेलिकोप्टरमा नवलपरासी जाने तयारीमा छ।