माधव नेपालको कटाक्ष: "शेरबहादुरजी, ओलीसँग स्वर्ग जानुहोला!"

नयाँ बानेश्वरस्थित मैत्री हलमा आज आयोजित भूमि सम्बन्धी अध्यादेश विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तिखो टिप्पणी गरेका छन्।
नेपालले भूमि सम्बन्धी विधेयकलाई लिएर प्रधानमन्त्री ओलीले अपनाएको अडानको आलोचना गर्दै विधेयकले कैलाली र कञ्चनपुरमा गम्भीर असर पर्ने चेतावनी दिए।
प्रधानमन्त्री ओलीको उमेर र स्वास्थ्यलाई लक्षित गर्दै उनले व्यंग्यात्मक लहजामा भने, "शेरबहादुरजी, ओलीप्रति धेरै विश्वास नगर्नुस्, उहाँको जीवनको भर छैन, फेरी सँगै स्वर्ग जानुहोला!"
नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विधेयकको विरोधमा लिएको निर्णयको समर्थन गर्दै यादवलाई आफ्नै विचारमा अडिग रहेकोमा धन्यवाद पनि दिए।
भूमि विधेयकले सीमावर्ती क्षेत्रका जनता जोखिममा पार्ने चेतावनी दिँदै नेपालले विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरे।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल