समाचार

"बालेन शाह: जनताको नेता कि तानाशाह? मिडिया र जनतासँग किन राख्दैछन् दूरी?"

"बालेन शाह: जनताको नेता कि तानाशाह? मिडिया र जनतासँग किन राख्दैछन् दूरी?"

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रायःजसो मिडियाको हेडलाइनमा छाइने युवा नेता हुन्। नेपालका प्रधानमन्त्रीको भन्दा उनको व्यस्तता बढी नै देखिन्छ।

चुनावका समयमा जनताका घरघरमा पुगेर भोट माग्ने बालेनलाई अहिले भने जनतालाई भेट्न त के, देख्न पनि समय छैन।

बालेन भन्ने बित्तिकै सबैको दिमागमा आउने पहिलो काम हो राजाको शैलीमा आएर काठमाडौंको सडकमा डोजर चलाउनु।

काठमाडौं आफैंमा एउटा ऐतिहासिक र सांस्कृतिक शहर हो। ठूला पार्टीका ठूला नेताहरूले हरेक निर्वाचनमा संस्कृति र सम्पदाका कुरा सानो स्वरमा, तर महत्वाकांक्षी योजना ठूला स्वरमा धेरै सुनाए।

पानी नआउने धाराको नियमित बिल तिरेर ट्याङ्करको पानी किन्न विवश महानगरवासीलाई मनोरेल र मेट्रोरेलको नारा आकर्षक लागेन। जब बालेन स्वतन्त्र बनेर नेता बन्न आए, तब जनताको मन जिते।

तर पछिल्लो समय बालेन आफ्ना कार्यकर्ताहरू बाहेक कसैलाई भेट्न मन नै पराउँदैनन्। न त उनलाई मिडियाले नै बोलाउन सकेका छन्, न त कुनै सर्वसाधारण जनताले।

आफूहरूले भोट दिएर जिताएको नेताको हरेक कुरा सुन्न पाउनु र भेट्न पाउनु जनताको अधिकार हो। तर बालेन आफुलाई जे ठीक लाग्छ, त्यही गर्दै हिँड्छन्। उनलाई न त जनताको चासो छ, न त मिडियाको।

मेयर बालेन शाह अहिले तानाशाही शैलीका कारण आलोचित हुने नेता हुन्। उनले आफू जनताको भोटबाट जितेर आएको नेताका रूपमा, जनताको अधिकार र मिडियासँगको सम्बन्धलाई एकदमै सहज र पारदर्शी राख्नुपर्ने आवश्यकता महसुस नगरेको जस्तो देखिन्छ। जनतालाई सूचना दिने, संवाद गर्ने र आफ्ना योजनाबारे बुझाउने एउटा लोकतान्त्रिक जिम्मेवारी उनीबाट निर्वाह भएको छैन।

धेरैजसो नेता र जनप्रतिनिधिहरू जनतासँगको नजिकको सम्बन्ध बनाएर काम गर्ने प्रयास गर्छन्, तर बालेन शाह भने आफूलाई जे ठीक लाग्छ, त्यसलाई मात्र प्राथमिकता दिने शैलीमा काम गर्दै आएका छन्। उनको दृष्टिकोण र कार्यशैलीले ‘तानाशाही’को विशेषता प्रस्तुत गरेको छ। उनी आफ्नो निर्णयमा जनताको विचारलाई कम महत्व दिन्छन् भन्ने आरोप लाग्ने गर्छ।

सार्वजनिक सञ्जाल र मिडियामा आएका समाचारहरूले बालेन शाहको अडान र दृष्टिकोणलाई समेट्ने प्रयास गरेका छन्, तर उनले पत्रकारहरू र मिडियासँग संवाद गर्न जति सहजता देखाएका छैनन्, त्यो बडो आश्चर्यजनक कुरा हो। जनतासँग संवाद गर्न र आफ्ना योजनाबारे जनतालाई जानकारी दिनुको सट्टा उनी आफ्नो शैलीलाई प्राथमिकता दिइरहेका छन्। यसले लोकतान्त्रिक प्रक्रिया र जनताको अधिकारमाथि प्रतिकूल असर पुर्याउने हो कि भन्ने चिन्ता छ।

बालेन शाहका समर्थकहरूले भने उनलाई एक दृढ र ‘निर्णायक’ नेताका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूले बालेन शाहको कार्यशैलीले काठमाडौंको सुधारमा द्रुत प्रगति ल्याउने काम गरेको छ। तर प्रश्न हाम्रो यो हो, यस प्रक्रियामा जनताको मर्जी र आवाज कहाँ छ?

लोकतान्त्रिक प्रक्रिया र जनताको अधिकारको दृष्टिले हेर्दा, एउटा नेता वा जनप्रतिनिधिले जनताको विचार र मिडियासँग संवाद गर्नुपर्छ। बालेन शाहको तानाशाही शैलीले यस प्रचलनको उल्लङ्घन गर्दै जाने हो भने, त्यसको परिणाम जनताको विश्वासमा ठूलो क्षति पुर्याउन सक्छ।

बालेन शाहको कार्यशैलीले जनताको आवाज र मिडियासँगको संवादलाई नकार्ने संकेतहरू देखाएको छ। यसले उनको नेतृत्वप्रति जनताको विश्वासलाई कमजोर बनाउन सक्छ, र लोकतान्त्रिक मान्यतामा गम्भीर सवालहरू खडा गर्न सक्छ।

पछिल्लो समय मेयर शाहको नेतृत्वमा विभिन्न सुधारका प्रयास हुँदै छन्, तर उनका कार्यशैलीका कारण उनको आलोचना पनि चर्को हुँदै गएको छ। बालेन शाहको तानाशाही शैलीले जनताको विश्वासमा प्रश्न उठाएको छ। उनले आफूलाई ठीक लागेका निर्णय मात्र लिने र जनताको आवाजलाई बेवास्ता गर्ने क्रम जारी राखेका छन्।

जनताको भोटबाट निर्वाचित भएको एक जनप्रतिनिधिका रूपमा, मेयर बालेन शाहको कर्तव्य भनेको जनताको चासो र समस्याहरू सुन्नु, समाधानका लागि योजनाहरू प्रस्तुत गर्नु र सर्वसाधारणसँग संवाद कायम गर्नु हो। तर उनका कदमले यथार्थमा यसको विपरीत देखाएको छ। उनले सधैं आफ्नै दृष्टिकोणबाट मात्र निर्णय गर्दै आएका छन् र जनताको विचारलाई एक प्रकारले अनसुनी गरेका छन्।

मेयर शाहले आफ्नो योजनाहरू र निर्णयहरूमा जनताको राय लिने प्रक्रियामा कुनै प्रकारको पारदर्शिता देखाएका छैनन्। उनी प्रायः आफूले के गरिरहेका छन् भन्ने बारे मिडियालाई समेत जानकारी हुँदैन।

सडकको व्यवस्थापन, ट्राफिक सुधार र अन्य विकास परियोजनाहरूमा मेयर बालेन शाहले आफ्ना योजनाहरू अनियमित रूपमा अघि बढाएका छन्। यस्ता निर्णयहरूमा कुनै प्रकारको परामर्श नगरी, जनतासँग छलफल नगरी तुरुन्त कार्यान्वयनमा ल्याउने प्रक्रियाले तानाशाही प्रवृत्तिको आभास गराएको छ।

 

यसको परिणामस्वरूप, जनतामा असन्तुष्टि बढेको छ। यससँगै, मिडियाले पनि बालेन शाहको कार्यशैलीलाई आलोचनात्मक दृष्टिकोणले हेरेको छ। पत्रकारिता र मिडियाको लोकतान्त्रिक भूमिकालाई कमजोर बनाउनका लागि जिम्मेवार अधिकारीले यस्ता कदम उठाउनु भनेको लोकतान्त्रिक प्रणालीको मूल तत्वको उल्लङ्घन गर्नु हो।

 

एक लोकतान्त्रिक समाजमा, नेताले जनताको साथमा बस्नुपर्ने, उनीहरूको समस्याहरू सुन्नुपर्ने, र मिडियासँग खुला संवाद गर्नुपर्ने आवश्यकता हुन्छ। यद्यपि, मेयर शाहको पछिल्लो व्यवहारले यिनै कुराहरूको अवहेलना गर्दै आएको छ।

 

मेयरको मिडियासँगको दूरी र जनतासँगको अनमेलले उनलाई एक ‘सामाजिक असंवेदनशील’ नेताका रूपमा प्रस्तुत गरेको छ। मिडिया भनेको जनताको आवाजलाई देशभर पुर्याउने महत्वपूर्ण संयन्त्र हो, र यससँग संवाद नगर्नु भनेको तिनका विचार र समस्यालाई उपेक्षा गर्नु हो। यद्यपि, बालेन शाह बारम्बार मिडियासँगको भेटघाट टारेर, जनतालाई आफूबाट टाढा राख्ने प्रयास गर्दै आएका छन्। यसले मेयरको नेतृत्वप्रति असन्तुष्टि र असहमतिका स्वरहरूलाई अझ तीव्र बनाएको छ।

 

काठमाडौंको मेयरका रूपमा, उनले जनतालाई विश्वास र आसको पात्र बन्नुपर्ने हो, तर जनताको साथमा नबस्नु र उनीहरूको समस्यामा चासो नलिनु भनेको नेतृत्वको मर्मको पूर्ण अपमान हो। उनी जनतालाई भेट्न नचाहने, मिडियामा नआउने कुरा गर्दै, आफ्नो जनप्रतिनिधित्वको जिम्मेवारीबाट भागिरहेको प्रतीत हुन्छ। यसले उनलाई एक “दूरदर्शी“ र “सम्पर्कविहीन“ नेताका रूपमा देखाउन थालेको छ। तर उनी आफूलाई चित्त नबुझेका कुराहरू भने सामाजिक सञ्जालमा लेख्न भुल्दैनन्।

 

नेपालमा लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि, नेताहरूले खुला र पारदर्शी रहनुपर्ने हुन्छ। बालेन शाहले यदि यिनै जिम्मेवारीहरू पूरा गर्न चाहन्छन् भने, मिडिया र जनताको आवाजलाई सुन्न र सम्मान गर्नुपर्ने बेला आएको छ। यो नीति, भावनात्मक र साँचो नेतृत्वको आवश्यकता हो, जुन उनको आगामी कार्यशैलीमा देखिनुपर्छ। मेयर शाहको कर्तव्य भनेको जनताको र मिडियाको आवाजलाई निसंकोच र सम्मानका साथ सुन्नु हो।

 

जनप्रतिनिधिको मुख्य भूमिका भनेको जनताको आवाजलाई सुन्नु र जनताको भलाइका लागि काम गर्नु हो, तर बालेन शाहको एकल निर्णयले यस सिद्धान्तलाई चुनौती दिएको छ। यो कार्यशैली कति समयसम्म टिक्छ र कति सफल हुन्छ भन्ने भविष्यले मात्र बताउने छ।

बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह