एलन मस्कलाई ठूलो झटका! अमेरिकन गोप्य वित्तीय डाटा पहुँचमा संघीय अदालतको रोक

काठमाडौं । अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनको समयमा एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकहरूको गोप्य वित्तीय डाटामा पहुँच गर्नबाट रोक लगाएको छ।
जिल्ला न्यायाधीश पौल ए एन्जलमेयरले शनिबार एक प्रारम्भिक आदेश जारी गर्दै मस्क र उनको टोलीलाई अमेरिकी ट्रेजरी डिपार्टमेन्टका रेकर्डहरूमा पहुँच गर्न रोक लगाउने आदेश दिएका छन्। साथै, रेकर्डको प्रतिलिपिहरू नष्ट गर्न पनि उनले आदेश दिएका छन्।
मस्कको विभागलाई व्यक्तिगत वित्तीय डाटा पहुँच दिने विवादपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए। यस मुद्दाको आधारमा अदालतले मस्कको टोलीलाई डेटा पहुँच नदिन आदेश दिएको हो।
मस्कको नेतृत्वमा रहेको विभागलाई यस्तो विशेष पहुँच दिइएको थियो कि यसले लाखौं अमेरिकी नागरिकहरूको गोप्य वित्तीय जानकारीहरूको भण्डारमा पहुँच प्राप्त गर्न सक्ने थियो। यो कदम विवादित भएको छ र अदालतले यसको अवैधता र गोपनीयता उल्लङ्घनको कारण फेब्रुअरी १४ का लागि सुनुवाई तोकेको छ।
मस्कले भने, "पृथ्वीमा हामी करदाता रकम कसरी खर्च भइरहेको छ भनेर नहेरी ठगी र बर्बादी कसरी रोक्न सक्छौं?" उनले सामाजिक सञ्जाल एक्समा 'पागलपन'को संज्ञा दिँदै यो कदमको विरोध गरेका छन्।
सम्बन्धित महान्यायाधिवक्ताहरूका अनुसार मस्क, सरकारका कर्मचारी होइनन् र उनको विभाग आधिकारिक नभएकोले यस्तो पहुँचको प्रयोग संघीय कानुनको उल्लङ्घन हो।