समाचार

नेपाल-भारत सहकार्य: दार्चुलामा नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन, १५,००० मानिस लाभान्वित हुने अपेक्षा

नेपाल-भारत सहकार्य: दार्चुलामा नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन, १५,००० मानिस लाभान्वित हुने अपेक्षा

दार्चुला – नेपाल-भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा निर्मित इयरकोट स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ। नेरू २.५३६ करोडको लागतमा निर्माण भएको यो भवन नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। भारत सरकारको अनुदान सहयोगमा निर्मित यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा लिइएको छ। परियोजनालाई नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

स्वास्थ्य सेवामा सुधारको अपेक्षा

स्वास्थ्य चौकी भवन निर्माणपछि दुर्गम क्षेत्रका स्थानीयहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने आशा गरिएको छ। स्वास्थ्य पूर्वाधारले नेपालको सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ

नेपाल-भारत साझेदारी मजबुत

नेपालका लागि भारत सरकारको निरन्तर विकास सहयोगप्रति नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले धन्यवाद व्यक्त गरेका छन्। परियोजनाबाट १५,००० भन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

भारत सरकारका अनुसार नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासलाई निरन्तर समर्थन गर्दै आइरहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि भारत सरकार सधैं हातेमालो गर्न तयार रहेको प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।

नेपाल-भारत सहकार्य