समाचार

"पोखरेलको आक्रोश: वर्षमान पुनसँगको ‘याचना’को आरोप र अनौपचारिक कुराकानीको विवाद!"

"पोखरेलको आक्रोश: वर्षमान पुनसँगको ‘याचना’को आरोप र अनौपचारिक कुराकानीको विवाद!"

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका नेता वर्षमान पुनसँगको अनौपचारिक संवादलाई ‘याचना’ भनेर प्रचार गरिएका कारण आक्रोश व्यक्त गरेका छन्। उनले पुनसँगको कुराकानीलाई अनर्थका रूपमा व्याख्या गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।

 

पोखरेलले पुनसँग भएको संवादलाई गलत रूपमा प्रस्तुत गरिएको आरोप लगाए। उनले फेसबुकमा लेखेका छन्, "अब त वर्षमानजीसँग अनौपचारिक कुरा गर्न डर लाग्छ।" उनका अनुसार, पार्टीका जिम्मेवार नेताहरू समय समयमा विभिन्न व्यक्तिहरूसँग अनौपचारिक कुराकानी गर्छन्, जुन सार्वजनिक हुने कुरा होइन।

 

पोखरेलले भने, "उहाँले जुन कुराकानी सार्वजनिक गरे, त्यसको स्प्रिट पूर्ण रूपमा फरक छ। यदि मैले सहयोग र याचना गर्नुपर्ने भए, म पुनसँग नभइ सिधै माओवादी अध्यक्ष दाहालसँग कुरा गर्थे।"

 

उनले थपे, "राजनीतिक स्थायित्वका लागि बलियो दलहरूको निर्माण आवश्यक छ। साना दलहरूलाई निषेध गर्नु होइन, बरु बलियो राष्ट्रिय शक्ति निर्माणको बाटोबाट राजनीतिक ध्रुविकरणको औचित्य साबित गर्नुपर्छ।"

 

उनका अनुसार, विगतमा नेताका टाउका जोडेर पार्टी एकता असफल भएको थियो र अब कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्नुपर्ने आवश्यकता छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका नेता वर्षमान पुन