समाचार

"रिमालको कडा जवाफ: शाहीलाई ‘काक्रा चोर, दलाली’ भन्दै यस्तो टिप्पणी गरे!"

"रिमालको कडा जवाफ: शाहीलाई ‘काक्रा चोर, दलाली’  भन्दै यस्तो टिप्पणी गरे!"

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीले राजावादीको प्रदर्शनमा भारतीय नेता आदित्यनाथको तस्बिर राख्न लगाएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र उनका सल्लाहकार विष्णु रिमाललाई दोषी ठहराएका छन्।

यसको प्रतिक्रिया स्वरूप, एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा ती आरोपहरूको कडा जवाफ दिएका छन्। उनले आरोप लगाउनेलाई "काक्रा चोर्नेहरू" भन्दै व्यंग्य गर्दै भने, "काक्रा चोरहरू, काक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बिया टासेर दोषारोपण गर्छन्।"

रिमालले थप भने, "पहिले दलाली गर्छन्, दलालीको पोल खुलिसकेपछि खाल जोगाउन यस्ता हर्कत गर्छन्।"

यसअघि शाहीले सामाजिक सञ्जालमार्फत आदित्यनाथको तस्बिर राख्न लगाएको आरोप लगाएका थिए, जसले ठूलो विवाद उत्पन्न गराएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा एमालेका उपमहासचिव विष्णु रिमाल