ओली फेरि भागे,प्रधानमन्त्रीको कुर्सी खाली

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रतिनिधि सभामा सरकारलाई कडा सन्देश दिने तयारीमा छन्। दिउँसो १ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे उनले धारणा राख्नेछन्।
यसका लागि हिजो कार्यव्यवस्था परामर्श समितिले सभामुख देवराज घिमिरेसमक्ष प्रस्ताव पेस गरेको थियो। तर, अघिल्लो पटकजस्तै आज पनि प्रधानमन्त्री केपी शर्मा ओली संसद् बहसबाट टाढै रहने भएका छन्।
प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर जाने कार्यक्रम भएकाले संसद्मा अनुपस्थित रहने उनको सचिवालयले जनाएको छ।
गत माघ २४ गते पनि प्रचण्डले संसद्लाई सम्बोधन गरिरहँदा ओली उपस्थित थिएनन्। त्यतिबेला उनले बिरामी भएर संसद् जान नसकेको दाबी गरेका थिए। तर, त्यसै दिन दुई टिकटक सेलिब्रेटीसँग बालुवाटारमा फोटो खिचाउँदै गरेको दृश्य बाहिरिएपछि उनको बहानामाथि व्यापक प्रश्न उठेको थियो।
अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओली