नेपालको आर्थिक वृद्धि स्थिर बनाउन सरकारले शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्छ : डा. जितेन्द्र उपाध्याय

काठमाडौं । नेपाल कर्मश क्याम्पसका क्याम्पस प्रमुख तथा वित्त विज्ञ डा. जितेन्द्र उपाध्यायले अहिले नेपालको अर्थतन्त्र नाजुक रहेको बताएका छन् ।कल्कि रिर्सच सेन्टरद्वारा सञ्चालित ज्ञानतन्त्र बहसमा बोल्दै उनले नेपालको पूँजीले साधारण खर्च समेत धान्न नसकेको अवस्था रहेको बताएका हुन् ।
उनले भने, ‘अहिले नेपालको अर्थतन्त्र नाजुक छ । बजेटको लक्ष्य अनुसार विकासका गतिविधिहरु प्राप्त गर्न सरकारले सकिरहेको छैन । जहिले पनि हाम्रो पूँजीगत खर्च ६० प्रतिशत भन्दा बढी खर्च गर्न सक्ने अवस्था छैन । जबसम्म हामीले पूँजीगत खर्च गर्न सक्दैनौं तबसम्म हामीले विकासका गतिविधिहरु सुस्त हुँदै गैइरहेको अवस्था छ । हाम्रोे पूँजीले साधारण खर्च समेत धान्न सकेको अवस्था छैन । हाम्रो साधारण खर्च १२ खर्ब छ भने रेमिनी कलेक्सन १० खर्ब मात्रै छ । २ खरब बराबरको हामी जहिले पनि घाटामा छौं। हाम्रो अनायसै खर्च एकदम बढी छ त्यसैले नेपालको अर्थतन्त्र सधैं पछि परिरहेको छ ।’
यसैगरी उनले विकासका गतिविधिमा हामी के कुरामा चुकिरहेका छौं त्यो केल्याउन आवश्यक रहेको बताए । उनले नेपाल एग्रीकल्चर र टुरिजम क्षेत्रमा सक्षम भएकाले यसलाई प्रमोट गर्दै लानुपर्ने बताए । उनले नेपाल पानीमा धनी भएकाले उर्जा क्षेत्रबाटै देशलाई सकारात्कम तिर डोर्याउँदै लग्यौं भने हाम्रो देश विकासँगै धनि बन्न सक्ने बताए ।
उनले भने, ‘विकासका गतिविधिमा हामी के कुरामा चुकिरहेका छौं त्यो केल्याउन आवश्यक छ । नेपालको विकास हुन हामी कुन कुरामा सक्षम छौं,नेपाल कुन कुरामा सक्षम छ, हामी गाडि बनाउन सक्दैनौं, लुगा बनाउन सक्दैनौं, तर हामी सक्षम टुरिजममा छौं, यसलाई प्रमोट गर्नुपर्यो । हामी एग्रीकल्चर सेक्टरमा अगाडि छौं । त्यसमा आत्मनिर्भर हुने तर्फ लागौं न । कृषिको कन्ट्रिभिसन जिडिपीमा नेपालको ३१ प्रतिशत थियो अहिले झरेर २४ मा पुगेको छ । सबै चिज घटिरहेको छ । यसलाई सरकारले फोकस गर्नुपर्यो । हामी पानीमा धनी छौं, उर्जा क्षेत्रबाटै देशलाई सकारात्कम तिर डोर्याउँदै लग्यौं भने हाम्रो देश विकासँगै धनि बन्न सक्छ ।’
यसैगरी वित्त विज्ञ डा. जितेन्द्र उपाध्यायले शिक्षा र स्वास्थ्य सेवामा मात्र निशुल्क सेवा प्रदान गर्नु पर्याप्त नभई, ती सेवाहरू गुणस्तरीय र भरपर्दो हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन्। उनले समाजको समग्र विकासका लागि यी दुई क्षेत्रहरूमा भरपर्दो पहुँच अनिवार्य भएको बताएका छन्।
उपाध्यायले सामाजिक र आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य सेवा अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै, ती सेवाहरू सबै वर्गका मानिसहरूलाई उपलब्ध र गुणस्तरीय हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘शिक्षा र स्वास्थ्यमा केवल निशुल्क सेवा दिने मात्र भए पनि त्यो सेवा गुणस्तरीय र भरपर्दो हुनुपर्छ। समाजमा हरेक नागरिकलाई सेवाको पहुँच हुनु आवश्यक छ, ताकि कुनै पनि वर्गका मानिसहरू विकासको मुख्यधारामा समावेश हुन सकून्।’
समाजको समग्र उत्थानका लागि शिक्षा र स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको उनको भनाइ छ । उनले थपे, ‘यदि यी सेवाहरूमा गुणस्तरीयता र भरपर्दो पहुँच सुनिश्चित गरिए भने, समाजका सबै व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ र राष्ट्रको समग्र आर्थिक स्थिति पनि बलियो बन्नेछ।’ डा. उपाध्यायले त्यसै गरी सरकार र प्राधिकरणलाई पनि शिक्षा र स्वास्थ्य सेवामा सुधारको दिशा र यसका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न आह्वान गरे ।