राष्ट्रपति पौडेलको फागुपूर्णिमा सन्देश: "होलीले एकता र प्रेम फैलाओस् "

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको प्रमुख चाड फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। उनले सुख, शान्ति र समृद्धिको कामना गर्दै होलीले आपसी मेलमिलाप र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।
फागुपूर्णिमा चीर ठड्याउने परम्परासँगै सुरु भएर पूर्णिमाको रात चीरदाहसँगै समापन हुने पर्व हो। रङ्गहरूको यो उत्सव हर्ष, उल्लास र एकताको प्रतीकका रूपमा मनाइन्छ।
राष्ट्रपति पौडेलका अनुसार, होली सत्यको विजय, अन्यायमाथि न्याय र असत्यमाथि सत्यको प्रतीक हो। उनले यो पर्वले समाजमा रहेका विकृति, विसङ्गति र कुरीतिहरू हटाउँदै मौलिक संस्कृतिको जगेर्ना गर्न प्रेरणा दिने आशा व्यक्त गरेका छन्।
राष्ट्रपतिले होलीलाई रिसराग हटाउने, प्रेम र आत्मीयता बढाउने तथा राष्ट्रिय एकता सुदृढ गर्ने अवसरको रूपमा मनाउन आग्रह गरेका छन्।