"जब ट्रुडोले राजीनामा दिएर संसदबाट कुर्सी बोकेर हिँडे…!"
 
                                क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएपछि संसदीय भवनबाट 'ठट्यौली' शैलीमा बाहिरिएको दृश्य अहिले भाइरल बनेको छ। उनले आफ्नो कुर्सी बोकेर बाहिरिँदै गर्दा क्यामेरातर्फ हेरेर जिब्रो समेत निकाले, जसले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
क्यानडाको टोरन्टो सनका अनुसार, संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि आफ्नो कुर्सी लिएर जान पाउँछन्। एक राजनीतिक विश्लेषकले यस परम्परालाई "महान परम्परा" भन्दै यसको समर्थन गरेका छन्।
ट्रुडोको यो कदमले जनमानसमा मिश्रित प्रतिक्रिया ल्याएको छ। कतिपयले उनलाई हँसाउने नेताका रूपमा हेरेका छन् भने केहीले यसलाई संसदीय मर्यादासँग तुलना गरिरहेका छन्। तपाईंलाई के लाग्छ-यो ठट्यौली थियो कि सन्देश
 
                         
                                                         
                                                         
                                                         
                                                