वृहत् पत्रकार सम्मेलन गर्दै कल्किजम रिर्सच एण्ड ट्रेनिङ सेन्टर

काठमाडौँ – कल्किजम रिसर्च एण्ड ट्रेनिङ सेन्टरले नेपालमा निःशुल्क शिक्षा, स्वास्थ्य, र कानुनी सेवा तथा नेपालको अर्थतन्त्रबारे वृहत् पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा अर्थशास्त्रीहरू, चिकित्सकहरू, तथा विज्ञहरूको सहभागिता रहनेछ, जसअन्तर्गत नेपालको अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, र कानुनी सेवाका विषयमा विस्तृत छलफल गरिनेछ।
काठमाडौँको रिपोर्टर्स क्लबमा शनिबार बिहान ११ बजे आयोजना हुने उक्त पत्रकार सम्मेलनमा जय साह र डा. उमाशंकर प्रसाद प्रमुख वक्ताका रूपमा रहनेछन्।
यसैगरी, प्रा. डा. कुशुम शाक्य, प्रा. डा. सञ्जय आचार्य, डा. प्राम्सु नेपाल, बैकुण्ठ पाण्डे, बासुदेव खनाल, घनश्याम दवाडी, जीवन प्रसाद बञ्जारा, प्रमोद प्यारा श्रेष्ठ, श्रीभद्र पण्डित, डा. अभिषेक अमर, डा. अभिषेक झा, तथा डा. रोशनी अधिकारी यादवलाई विज्ञ वक्ताका रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
आयोजकहरूका अनुसार, यस पत्रकार सम्मेलनमा केही महत्वपूर्ण घोषणाहरू गरिनेछ, जसमा नगदरहित अर्थतन्त्र लागू गर्ने विस्तृत कार्ययोजना, राम राज्य स्थापनाका लागि रणनीति, तथा नेपाललाई भ्रष्टाचारमुक्त बनाउन नीति निर्माणका नयाँ पहलहरू समेटिने छन्।
यस अभियानमा ५० जना भन्दा बढी डाक्टरहरू आबद्ध भइसकेका छन्, जसले "नेपाललाई विश्वगुरु बनाउन आर्थिक क्रान्ति" पुस्तक किन्ने सबैलाई कल्कि केयर क्लिनिकमार्फत एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरिसकेका छन्।
कल्किजम रिसर्च एण्ड ट्रेनिङ सेन्टर जय साह र डा. उमाशंकर प्रसाद