स्वास्थ्य सेवाको उद्देश्य व्यापार नभैइ, सेवा हुनुपर्छ : डा. उषा झा

स्वास्थ्य सेवाको उद्देश्य व्यापार नभैइ, सेवा हुनुपर्छ : डा. उषा झा

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. उषा झाले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधारको आवश्यकता औंल्याउँदै यी सेवाहरूलाई निशुल्क बनाउनुपर्नेमा जोड दिएकी छन् । कल्कि रिर्सच सेन्टरद्वारा सञ्चालित ज्ञानतन्त्र बहसमा बोल्दै उनले नेपालको  शिक्षा, स्वास्थ्य र  समावेशितासँगै  विकासका गतिविधिहरुमा च्याप्टर क्लोज गरेर बस्न सक्ने अवस्था नरहेको बताएकी हुन् । उनले नेपाल स्वास्थ्यको क्षेत्रमा निकै पछि रहेको समेत बताइन् । 

उनले भनिन्, ‘यो सँगै नेपाल स्वास्थ्यको अवस्थाले निकै पछि छ ।  सुधारोन्मुख छ तर नेपालको  शिक्षा, स्वास्थ्य र  समावेशितासँगै  विकासका गतिविधिहरुमा च्याप्टर क्लोज गरेर बस्ने अवस्था छैन ।  खुल्ला आर्थिक तन्त्र भयो । अस्पतालहरु पनि गल्लिगल्लिहरुमा खुल्न थाल्यो । कसले कुन अस्पताल चलाइरहेको छ त्यसको कुनै  पनि मापदण्ड नभएको अवस्था छ । ’

यसैगरी उनले हामी जो सुकै बिरामी भए पनि नेपालको अस्पतालहरुमा गएर ढुक्कले पैसा लगाएर म ठिक हुन्छु भन्ने विश्वास कसैमा नरहेको बताइन् । उनले सेवा भन्दा पैसा कमाउने भाडोको रुपमा स्वास्थ्यलाई लिँदा स्वास्थ्य क्षेत्र प्रश्नहरुले  मात्र घेरिन पुगेको बताइन् । 

उनले भनिन्, ‘स्वास्थ्य भनेको  कुरा जब हामीले स्वास्थ्यलाई पैसा कमाउने स्रोतको रुपमा लियौं, सेवा भन्दा पैसा कमाउने भाडोको रुपमा स्वास्थ्यलाई लिँदा स्वास्थ्य क्षेत्र प्रश्नहरुले  मात्र घेरिन पुगेको  छ । न डाक्टर क्वालिटि भएका भए  न त मान्छेहरु ढुक्क भएर यो  अस्पतालमा गयो  भने राम्रो  हुन्छ , यो  अस्पतालमा गयो भने सेवामूखी छ धेरै पैसा लाग्दैन भन्ने हाम्रो  जनमानसलाई जसमा मध्यम र एकदमै  गरिब निमुखाहरुको स्वास्थ्य उपचारमा प्रश्न उठ्दैनन् तब मात्र हाम्रो स्वास्थ्य       य अवस्था सुध्रिने छ ।  औषधि माथि औषधि थपेर रोग थप्ने काम मात्र नेपालको स्वास्थ्य अवस्थाले गरिरहेको छ । हामी जो सुकै बिरामी भए पनि यो अस्पताल गएर ढुक्कले पैसा लगाएर म ठिक हुन्छु भन्ने विश्वास गर्ने ठाउँ छैन।’

साथै  उनले विकास क्षेत्रमा नेपालले  धेरै गर्न बाँकी  रहेको बताइन् ।  उनले नेपालको  विकासको  अवस्था क्रमिक रुपमा प्रगतिमुखी भए पनि धेरै मथि पुग्न नसकेको बताइन् ।   उनले भनिन् , ‘नेपालको  विकासको  अवस्था क्रमिक रुपमा प्रगतिमुखी नै छ । एकदमै  धेरै प्रगती भयो भन्ने  अवस्था त  छैन । तर हामी  १० वर्ष अगाडि कहाँ थियौं  र आज कहाँ छौं त्यो  स्टेपबाई स्टेप केलाउँदै गयौं भने हामी जहाँ थियौं त्यो  भन्दा अलि अलि माथि उठ्दै  आएका छौं । तर  यसको  मतलब हामी धेरै माथि पुगिसक्यौं  भन्ने  चाँही  होइन । अझ विकास क्षेत्रमा नेपालले  धेरै गर्न बाँकी छ । ’

यस्तै डा. झा ले नेपालको गरिब र निमुखा वर्गको स्थिति परिमार्जन गर्न शिक्षा, स्वास्थ्य र कानुनी सेवाहरूलाई निशुल्क बनाउनु आवश्यक रहेको बताइन् ।  उनले भनिन्, ‘नेपालमा गरिब र निमुखा वर्ग सबै किसिमको सेवा सुविधा बाट वञ्चित छन्। स्वास्थ्य मात्र नभैइ शिक्षा पनि उनीहरूले पाउन सकेका छैनन् ।त्यसैले, शिक्षा र स्वास्थ्य निशुल्क गर्नु अत्यन्त जरूरी छ ।’

डा. झाले थप भनिन्, ‘सरकार आउँछ, मन्त्रीहरू पनि फेरिन्छन्, कहिले काहिँ त निशुल्क हुने कुरा हुन्छ, तर कार्यान्वयनको अवस्थामा भने यसले काम गर्न सकेको छैन। कागजमा धेरै कुरा छ, नीति बनाइन्छ, तर यस्ता योजनाहरू लागू हुन सकेका छैनन् ।’

उनले यसमा सुधारको लागि ठूलो अभियानको आवश्यकता औँल्याउँदै भनिन्, ‘कल्कि रिसर्च सेन्टरले शिक्षा, स्वास्थ्य र कानुनी सेवाहरू निशुल्क गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेको छ । यो कदम एकदमै सकारात्मक र स्वागत योग्य छ ।’

यस अभियानलाई बलियो बनाउनुपर्ने कुरा गर्दै डा. झाले भनिन्, ‘हामीले यसलाई अभियानको रुपमा अघि बढाउनुपर्छ । यदि यसलाई निशुल्क र उच्च गुणस्तरीय रूपमा अगाडि लैजान सके भने, यो धेरै राम्रो उपलब्धि हुनेछ ।’ निशुल्क सेवा र गुणस्तरीय सेवाहरूको अभियानले नेपालका निमुखा वर्गका लागि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास उनले व्यक्त गरिन् ।

संम्बधित खबर