समाचार

राष्ट्रिय झन्डाको अपमान: त्रिभुवन विमानस्थलमा झुत्रो झन्डा फहराउँदै नेपाल, जिम्मेवार को ?

राष्ट्रिय झन्डाको अपमान:  त्रिभुवन विमानस्थलमा झुत्रो झन्डा फहराउँदै नेपाल, जिम्मेवार को ?

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), नेपालका लागि प्रमुख प्रवेशद्वार हो, जहाँ देशको पहिचानको प्रतीक, राष्ट्रिय झन्डा, प्रमुख स्थानमा रहनुपर्छ। तर हालै यहाँको मुख्य गेटमा झन्डा बिग्रिएको र रङ bखुइलिएको देखिएको छ, जसले गम्भीर लापरबाहीको संकेत गर्दछ। यो घटनाले नागरिक उड्डयन प्राधिकरण र यसको उच्च अधिकारीहरूको उदासीनता र बेवास्ताको उदाहरण प्रस्तुत गरेको छ।

राष्ट्रिय झन्डा केवल कपडाको टुक्रा मात्र होइन, यो हाम्रो सार्वभौमसत्ता, गौरव र पहिचानको प्रतीक हो। यसलाई सम्मान गर्न जिम्मेवार संस्थाहरूको दायित्व छ, तर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र अन्य अधिकारीहरू यस विषयमा बेखबर देखिएका छन्। यसअघि पनि प्रदीप अधिकारीको नेतृत्वमा विमानस्थलमा व्यवस्थापनका विभिन्न कमजोरीहरू देखिएका छन्, र अब राष्ट्रिय झन्डाको अपमानले यसमा थप प्रश्न उठाएको छ।

किन महत्त्वपूर्ण छ राष्ट्रिय झन्डाको सम्मान?

राष्ट्रिय झन्डा हाम्रो संस्कृति र पहिचानको प्रतिक हो। यो हाम्रो इतिहास, संघर्ष र वीरताको प्रतीक हो। विदेशमा जब हाम्रो झन्डा सम्मानपूर्वक फहराइन्छ, त्यसले हाम्रो अस्मिता र राष्ट्रप्रेमलाई बलियो बनाउँछ। तर नेपालको सबैभन्दा महत्वपूर्ण विमानस्थलमा खुइलिएको झन्डा हाम्रो अस्मितामाथि अपमान हो। यसको बिग्रिएको अवस्था सरकारको बेवास्ता र उदासीनता प्रतिक हो।

राष्ट्रिय झन्डा जस्तो महत्वपूर्ण प्रतीकलाई सम्मान दिनु भनेको राष्ट्रप्रेम देखाउनु हो। यसको बिग्रिएको अवस्था हामी नेपालीहरूको गौरवमाथि गम्भीर प्रश्न उठाउँछ।

तत्काल सुधार आवश्यक

त्रिभुवन विमानस्थल नेपालका लागि एक प्रमुख प्रतीक हो। यहाँबाट अन्तर्राष्ट्रिय यात्रु र पर्यटकहरू प्रवेश गर्छन् र पहिलो कुरा जुन उनीहरूले देख्छन्, त्यो हो राष्ट्रिय झन्डा। यदि त्यस झन्डा नै बिग्रिएको र खुइलिएको अवस्थामा छ भने, यसले नेपालको प्रतिष्ठा र अस्मितामाथि गम्भीर असर पुर्याउँछ।

यस कारण, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र अन्य सम्बन्धित अधिकारीहरूले तुरुन्तै नयाँ र सम्मानजनक राष्ट्रिय झन्डा फहराउने व्यवस्था गर्नुपर्छ।

राष्ट्रिय झन्डाप्रति लापरबाही सह्य हुँदैन

राष्ट्रिय झन्डाको फाटिएको, बिग्रिएको अवस्था स्वीकार्य छैन। यदि यसलाई समयमै परिवर्तन नगर्ने हो भने, यो राष्ट्रप्रेमको अपमान र हाम्रो अस्मितासँग खेलवाड हुनेछ।