जतिसुकै पदहरू बढे पनि यो राष्ट्र राजतन्त्र बोक्न तयार छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरू सिर्जना गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले वशंतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौँ । यो देशमा जतिसुकै पदहरू बढून् । हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउँछ । ०६२/०६३ को परिवर्तनको सन्देश यो पनि हो । अब फेरी वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन ।’
उनले नयाँ रहरहरू सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्न तिर लाग्नुपर्ने पनि बताए ।