समाचार

प्रदर्शनकारीले सुरक्षाकर्मीको हतियार लुटेर उत्रिए आन्दोनमा, दुर्गा प्रसाई भने टाउको बचाँएर भागे

प्रदर्शनकारीले सुरक्षाकर्मीको हतियार लुटेर उत्रिए आन्दोनमा, दुर्गा प्रसाई भने टाउको बचाँएर भागे

काठमाडौँमा आज राजसंस्था पूर्नस्थापनाको लागी तिनकुने स्थित क्षेत्रमा बृहत आन्दोलन भएको हो जसलाई समर्थन गर्न आम जनता देखि ठुल्ठुला व्यवसायी, नेताहरु र कलाकारहरु समेत आन्दोलनमा उग्र जोशका साथ सहभागी थिए। 

आन्दोलन एकदम शान्त र जुनुनका साथ अघि बढिरहेको थियो आम मानिसहरु राजा आऊ देश बचाऊ भन्दै नाराबाजि गरिरहेका  थियो। विभिन्न कलाकारहरुको प्रस्तुती समेत रह्यो। कार्यक्रममा जो आउछ नेपालका शिर्ष नेताहरुलाई गाली ठोकेर जाने क्रम जारी नै थियो । त्यसै बिच उक्त कार्यक्रमका कमाण्डर दुर्गा प्रसाईको इन्ट्रिले आन्दोनमा झन उग्र रुप लिएको हो।  

 राजसंस्था पुनःस्थापनाको माग गर्दै आयोजित आन्दोलन उग्र बनेपछि स्थिति तनावपूर्ण बनेको छ। प्रहरी हस्तक्षेपपछि आन्दोलनले हिंसात्मक रुप लिएको हो।राजसंस्था पुनःस्थापनाका पक्षधरहरूले बिहानैदेखि तीनकुने क्षेत्रमा भेला भई नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले राजसंस्थाको पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध आक्रोश पोखिरहेका थिए।

 

प्रदर्शनको क्रममा प्रहरीले आन्दोलनकारीहरुलाई रोक्न खोज्दा झडप सुरु भएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईको गाडी तिनकुने हुदैँ प्रतिबन्ध लगाएको ठाउँ तिर जान खोज्दा आन्दोलनले झन उग्र रुप लिएको हो। दुर्गा प्रसाईले चलाएको गाडी सुरक्षाकर्मीहरुलाइृ चक्मा दिएर अघि बढ्न सफल भयो तर सुरक्षाकर्मीहरुले गाडी रोक्न गोली प्रहार गर्न बाध्य भयो र गाडी  र प्रसाईलाई बिच बाटैबाट नियन्त्रणमा लिइएको थियो। 

 

झडप चर्किंदै जाँदा केही आन्दोलनकारीले तीनकुनेस्थित एक भवनमा आगजनी गरेका छन्। आगो निभाउन काठमाडौं महानगरपालिकाबाट पठाइएको दमकलमाथि समेत आक्रमण भएको छ।  प्रदर्शनकारीहरूले दमकललाई अवरोध गर्नुका साथै तोडफोड गरेका छन् , जसका कारण आगो नियन्त्रणमा समस्या उत्पन्न भएको हो।  

 

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले कडा कदम चालेको छ। अश्रुग्यास प्रहार, पानीका फोहोरा तथा बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिएको छ। यस क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ। राजावादीहरुका आन्दोलनकारीहरुकै समूहले सुरक्षाकर्मीको हतियार( बन्दुक) समेत खोसेर आन्दोलनमा उत्रिएका छन्।

 

आन्दोलनकारीहरुले विभिन्न क्षेत्रहरुमा आगजनी र तोडफोड गर्न थालेपछि प्रदर्शनलाई नियन्त्रण गर्न क्रफ्यु लगाइएको छ।काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको  छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।


 काठमाडौँका विभिन्न क्षेत्रहरु उक्त आन्दोलनले प्रभावित भएका छन्।  प्रदर्शनकारीलाई अराजक बनाएर राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई तीनकुनेबाट बाहिरिएका छन् ।


तीनकुने क्षेत्र अझै तनावग्रस्त रहेको छ। प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने थप अप्रिय घटना हुन नदिन अतिरिक्त सुरक्षा फौज परिचालन गरिएको छ। साथैँ आन्दोलनकारीहरु सगैँ सुरक्षाकर्मीहरु घाइते भएका छन् र उद्धारकार्य सुरु भएको छ।