समाचार

"अब प्रधानमन्त्री बन्न मात्रै बाँकी: प्रकाशमान सिंह

"अब प्रधानमन्त्री बन्न मात्रै  बाँकी: प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले अब प्रधानमन्त्री र पार्टी सभापति बन्ने लक्ष्य रहेको बताएका छन्। आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो राजनीतिक यात्रा ग्रासरुटबाट सुरु भएको र पार्टीको महत्त्वपूर्ण भूमिकामा आफूले जिम्मेवारी सम्हालिसकेको उल्लेख गरे।

"म जिल्ला नेतृत्वदेखि महामन्त्री, उपसभापति हुँदै संसदीय दलको उपनेता भइसकेँ। अब संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बन्न बाँकी छ," सिंहले भने।

सिंह १४औँ महाधिवेशनमा सभापतिका लागि उठिसकेकाले उनलाई १५औँ महाधिवेशनमा पुनः सभापतिको बलियो दाबेदारका रूपमा हेरिएको छ। उपप्रधानमन्त्री भएपछि उनी निरन्तर जिल्ला दौडाहामा छन्। कांग्रेस नेता जीवनबहादुर शाहीले पनि सिंह पुनः सभापतिको दौडमा रहने संकेत गर्दै भने, "अवस्था आएमा नेता सिंह पक्का सभापतिमा लड्नुहुन्छ।"

सिंहको सुर्खेत आगमनका क्रममा उनलाई नेपाली कांग्रेसका सयौं कार्यकर्ताले विमानस्थलमै भव्य स्वागत गरे। यसअघि सभापति दौडमा रहेका शेखर कोइराला र गगन थापालाई जस्तै सिंहलाई पनि कर्णालीमा उत्तिकै आत्मीय रूपमा स्वागत गरिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। सिंह संविधान संशोधनको आवश्यकता र चुनौतीबारे छलफल गर्न कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत आएका हुन्।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह