भ्रष्टाचार हटाउने शाहको योजना मिडियाले किन लुकायो? हेर्नुस् पुरा समाचार

शनिबार कुलेश्वर आवास परिवार कल्याण संस्थाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कल्किजम रिसर्च सेन्टरका संस्थापक जय शाह ले एकबद्धता जनाए। कार्यक्रममा वडा अध्यक्षसहित विभिन्न विज्ञ, व्यवसायी, अर्थशास्त्री, ज्येष्ठ नागरिक, इन्जिनियर, डाक्टरहरू सहभागी थिए।
शाहले कार्यक्रममा आफ्नो संस्था कल्किजम रिसर्च सेन्टर का एजेन्डाहरू प्रस्तुत गर्दै, नेपालमा हरेक वर्ष भइरहने हिंसा, हत्या र गलत औषधिको उपयोगबाट हुने मृत्यु रोक्न जरुरी रहेको बताए। उनका अनुसार, डाक्टर, इन्जिनियर र अर्थशास्त्रीहरूसहितको टिम यो अभियानमा काम गरिरहेको छ। साथै, उनले अबको केही महिनाभित्र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन ‘कल्कि केयर क्लिनिक’ स्थापना हुँदैछ भन्ने खुलासा गरे।
अमेरिकाबाट नेपाल आएका शाहले आफू यहाँ राजनीति गर्न नभई नेपाललाई विश्वगुरु बनाउन आएको जिकिर गरे। कार्यक्रममा उनले प्रस्ट रूपमा भने, "म नेपालमा राजनीति गर्न आएको होइन।" उनले थपे, "म अमेरिकामा प्रधानमन्त्रीभन्दा गुणस्तरीय जीवन बाँच्छु, मलाई नेपालको फोहोरी राजनीति गर्नु छैन। तर, नेपालमा विज्ञहरूको सहभागिता गराएर देशको मुहार फेर्न चाहन्छु।"
शाहले "प्रधानमन्त्री बन्ने मौका दिए पनि स्वीकार्दिन" भन्दै, आफूलाई केवल नेपाललाई परिवर्तन गर्नु मात्र चाहिएको बताए। उनले नेपालमा भ्रष्टाचार गहिरोसँग जरा गाडेर बसेको आरोप लगाउँदै, त्यसविरुद्ध आवाज उठाउँदा मिडियाले चासो नदेखाएकोमा दुःख व्यक्त गरे। उनले भने, "मैले अघि सारेको ‘स्मार्ट करेन्सी’ लागू भयो भने भ्रष्टाचारको कुनै ठाउँ रहने छैन। तर, यसले मिडियालाई पनि असर गर्ने भएकाले उनीहरू मौन बसेका छन्।"
धर्म, शिक्षा र अहिंसाको बाटो अपनाउँदै नेपाललाई विश्वगुरु बनाउने लक्ष्य रहेको बताउँदै उनले भने, "सबैभन्दा ठूलो शक्ति जनताको हो। हामी कुनै गुण्डा होइनौं कि सडकमा गएर हिंसात्मक आन्दोलन गर्ने। हामी धर्मको लडाइँ लड्छौं, शिक्षित जनशक्ति जुटाउँछौं र नेपाललाई विश्वगुरु बनाउँछौं।"
कल्किजम रिसर्च सेन्टरका संस्थापक जय शाह